×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १०.३७ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार

PRIME CA

बुधबार १०.३७ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २६१ कम्पनीको ९५ लाख ३२ हजार ८ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १० करोड १४ लाख ८६ हजार ९ सय ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा आदर्श लघुवित्त वित्तिय संस्था, सानिमा जीआइसी इन्स्योरेन्स, सुर्यज्योति लाइफ इन्स्योरेन्स, बलेफी हाइड्रोपावर र बाराही हाइड्रोपावर लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १० करोड १४ लाख ८६ हजार ९ सय ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमाल दोलखा हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, शिवम् सिमेन्ट र नेपाल रिइन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा आरबिबि म्युचुअल फण्ड-१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । आरबिबि म्युचुअलको सेयरमा यस्तो गिरावट आउँदा जानकी फाइनान्स, पिपुल्स हाइड्रोपावर कम्पनी, सेन्ट्रल फाइनान्स र शिव श्री हाइड्रोपावर मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: