×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्ब ८६ करोडमा सिमित

अर्थ सरोकार

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार

PRIME CA

झिनो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्ब ८६ करोडमा सिमित

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार झिनो अंकले घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ०.४१ अंकले घटेर २१८३.२१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५४ कम्पनीको ७७ लाख ६४ हजार १ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार समृद्धि फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको ९ करोड ७० लाख ९५ हजार ७ सय ६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा आदर्श लघुवित्त वित्तिय संस्था, बाराही हाइड्रोपावर, सुर्यज्योति लाइफ इन्स्योरेन्स, साञ्जेन जलबिद्युत कम्पनी र राप्ती हाइड्रोका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार समृद्धि फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको ९ करोड ७० लाख ९५ हजार ७ सय ६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, अङ्खु खोला जल बिद्युत कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । समृद्धिको सेयरमा यस्तो गिरावट आउँदा सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन भेन्चर लिमिटेड, सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्था र सानिमा इक्वटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: