×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जव सेयरमा पैसा डुबेपछि नेपाली युवाको ग्याङ्ग भिखारी बन्यो…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जव सेयरमा पैसा डुबेपछि नेपाली युवाको ग्याङ्ग भिखारी बन्यो…

Artha Sarokar

१८ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एक युवाले आफ्ना साथीहरुलाई आफुले सेयर बजारका बारेमा बुझेको र सेयर बजारमै लगानी गरेर करोडौं कमाउने सपना बाँड्छन् । सो सपना बाँडेर उनीहरुले सेयर बजारमा लगानी गर्छन् । तर राष्ट्र बैंकको नीतिका कारण बजार बियरिस लाग्छ र उनीहरु डुब्छन् । डुब्नेमात्र होइन उनीहरु भिखारी बन्छन् । पैसा हुँदा आफ्नी भएकी प्रेमिकाले पैसा भिख दिएर जान्छिन् ।

हुन त यो सत्य घटनाको भिडियो अवतार होइन, बरु दिनेश गौतमले गाएको गीत ‘पैसाले घुमाउँछ फनफनी’ शीर्षकको गीतको भिडियो कथा हो । र पनि यो भिडियोभित्र सेयर बजारका धेरै लगानीकर्ताहरुको थोरबहुत कथा लुकेको छ ।

७ महिनापछि यसरी भयो गीत भाइरल
धेरैलाई यो गीतका बारेमा थाहा नै थिएन । तर सेयर लगानीकर्ताका केहि ग्रुपमा यो गीतको भिडियो सेयर भएपछि अहिले यो गीत सेयर बजारमै भाइरल भएको छ । यो गीत भाइरल हुँदै गर्दा बजारले चरम बियरिस भोगेको यथार्थ पनि छ । अहिले बजार बढे पनि यो गीत निकै सान्धर्भिक बनेको छ धेरैलाई ।

हुन त यो गीत ७ महिना अघि नै आएको थियो, तर त्यसपछि पनि बजार धेरै घट्यो । सेयरको कथा बनेको भिडियो भए पनि सेयर बजारका लगानीकर्ताहरुलाई यो गीतका बारेमा त्यति थाहा थिएन । जव थाहा भयो, अहिले यो गीतको मज्जा लिईरहेका छन् सेयर लगानीकर्ताहरु ।

भिडियोमा सेयर लगानीकर्ताहरुलाई राष्ट्र बैंकको नीतिले डुबाएको तथ्य प्रस्तुत गरिएको छ । जुन केहि हदसम्म सत्य पनि हो । भिडियोले रमाइलो पारामा सेयरमा लगानी गर्नेहरुलाई बुझेर मात्र लगानी गर्नु भन्ने सन्देश दिएको छ ।

गीत गाउने गायक छैनन् दोश्रो बजारमा
यसो त यो गीत गाउने दिनेश गौतम पैसाको गीत गाउने गायकका रुपमा चिनिन्छन् । उनको ‘पैसा कसले बनायो ?’, ‘इमान बेचिदिन्छ मान्छे’, लगायतका पैसा सम्बन्धि गीत चर्चित छन् । यसो त यो समाचार तयार गर्दासम्म ‘पैसाले घुमाउँछ फनफनी’ शीर्षकको यहि गीत पनि ११ लाखले हेरिसकेका छन्, जुन चर्चित गीतको अर्को उदाहरण पनि हो । तर स्वयम् गौतम भने आफ्नो सेयरको दोश्रो बजारमा लगानी नरहेको बताउँछन् । ‘डिम्याट खाता खोलेको छु, आईपीओ भरेको छु, तर परेको छैन, दोश्रो बजार सिक्दैछु, लागिसकेको छैन’ उनले अर्थ सरोकारसँगको कुराकानीमा भनेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी