काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफामा आकर्षक बढोत्तरी भएको देखिएको छ ।
चालु आर्थिक वर्षमा बैंकले नाफामा ६१.३६ प्रतिशतले बढोत्तरी गर्दै कुल १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा वृद्धि हुन पुगेको हो ।
यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ७२.३० प्रतिशतले वृद्धि भएको छ । योसँगै बैंकको कुल सञ्चालन आम्दानी पनि ५२ प्रतिशले बढेको छ भने सञ्चालन मुनाफामा ६१.९१ प्रतिशत बढोत्तरी भएको छ ।
बैंकले सार्वजनिक गरको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि वृद्धि भएको छ । यो अवधिमा बैंकको ईपीएस १४ रुपैयाँ १४ पैसाले बढेर ३७ रुपैयाँ १९ पैसा पुगेको छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ९५ रुपैयाँ ७३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्