काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चयन भएका छन् । संघको बुधबार सम्पन्न विशेष साधारणसभाले एनएमबी बैंकका सीईओ समेत रहेका केसीलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै, सभाले संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालालाई चयन गरेको छ ।
यता सदस्यहरुमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल एसबिआई बैंकका सीईओ दीपक कुमार दे, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र सनराइज बैंकका सीईओ सुमन शर्मा चयन भएका छन् ।
त्यस्तै, संघको सल्लाहकारमा हिमालयन बैंकका सीईओ अशोक शमसेर जब राणा चयन भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्