×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चलेका कम्पनीको म्युचुअल फण्ड नबिकेका बेला ‘विवादित ब्राण्ड’ सनराइजको फण्ड बिक्ला ? सिइओ भन्छन्- ‘वि विल ट्राई’

PRIME CA

चलेका कम्पनीको म्युचुअल फण्ड नबिकेका बेला ‘विवादित ब्राण्ड’ सनराइजको फण्ड बिक्ला ? सिइओ भन्छन्- ‘वि विल ट्राई’

२१ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । संचालकको आपसी झै-झगडाका कारण विवादित बनेको र ढुकुटी नै रित्तिएपछि सेयर लगानीकर्ताहरुलाई निराश बनाएको सनराइज बैंकको सब्सिडरी कम्पनी सनराइज क्यापिटलले माघ १० गतेदेखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।
निष्कासन हुन लागेका इकाईहरुमध्ये १८ करोड रुपैयाँ बराबरको सोमध्ये १ करोड ८० लाख कित्ता वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंकले किन्नेछ । बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्न लागेको हो । सनराइज बैंकका सीइओ बिजय लाल श्रेष्ठका अनुसार सो फण्डको निष्काशन बन्द छिटोमा माघ १३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ २४ गतेसम्म लम्बिनेछ ।
चलेकै कम्पनीका म्युचुअल फण्ड नबिकेका बेला सनराइजको बिक्ला ?
पछिल्लो समय सार्है राम्रा भनिएका कम्पनीहरुले निकालेका म्युचुअल फण्डसमेत बिकेका छैनन् । अझ राम्रा ब्राण्ड भएका तर विवादित छविको नेतृत्व भएका राम्रै कम्पनीको म्युचुअल फण्डसमेत बिक्न सकेका छैनन् । नबिल बैंकको म्युचुअल फण्ड त्यसको पछिल्लो उदाहरण हो । कम्पनीका काम गर्ने दोश्रो बरियताका हाकिमले आफुले २७ बर्ष यो क्षेत्रमा बिताईसकेको गफ जति दिए पनि सो म्युचुअल फण्ड बिक्न सकेन । बजारमा सार्है राम्रो ब्राण्ड र सार्है राम्रो नेतृत्व भनी कहलिएको एनआईबिएल म्युचुअल फण्डलाईसमेत फण्ड बिकाउन सजिलो भईरहेको छैन । यस्तो बेला बजारमा बैंकको पर्फमेन्सका कारण विवादमा तानिएको सनराइज ब्राण्डको सनराइज क्यापिटलको म्युचुअल फण्ड बिक्नेमा शंका छ ।
‘बैंकजस्तो विवादमा हामी छैनौं, हामी फण्ड बिकाउँछौं, वि विल ट्राई’
यता क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले बैंकजस्तो क्यापिटल विवादमा नभएकाले म्युचुअल फण्ड बिक्ने विश्वास व्यक्त गरेका छन् । ‘सनराइजको ब्राण्ड नै विवादमा छ, म्युचुअल फण्डलाई असर नगर्ला र ?’ हाम्रो प्रश्नमा उनले भने- ‘हो । तर हामी बैंकजस्तो त्यस्तो विवादमा छैनौँ । अघिल्लो पटकको म्युचुअल फण्डको रिटर्न पनि राम्रो भएकाले यसपाली पनि हाम्रो फण्ड बिक्छ भन्ने छ ।’ अन्य राम्रा कम्पनीको पनि म्युचुअल फण्ड नबिकेको प्रसङ्गमा उनले बजारमा पोजेटिभ सेन्टीमेन्ट भएकाले आफ्नो १ अर्व २० करोडको फण्ड बिक्ने दाबी गरे । ‘सजिलो छैन । अघिल्लोपटक पनि हामीले धेरैलाई हातै जोडेर बल्ल बल्ल फण्ड बिकाए थियौँ । यसपाली पनि बिक्छ भन्ने विश्वास छ ।’
उनले फण्ड बिकाउन गाह्रो हुन्छ भनेर नै एनआईबिएल एसको एनआईबिएल ग्रोथ फण्डसँग निष्कासन तथा बिक्री मिति नजुधाएको दाबी गरे । ‘पहिला अरु म्युचुअल फण्ड जुधे । हामीले र एनआइबिएल एसले एकैपटक धितोपत्र बोर्डको स्वीकृति पाएका हौँ । यसपाली गाह्रो हुन्छ भनेर नै हामीले एनआईबिएल एससँग ग्याप गरेका छौँ ।’
अर्थ सरोकारसँगको कुराकानीमा उनले बजार निकै घट्दा पनि म्युचुअल फण्ड धेरै नघटेकाले म्युच्युअल फण्डको लगानी सुरक्षित रहेको दाबी गरे । ‘लगानीकर्ताको पोर्टफोलियो ३० प्रतिशतभन्दा बढी घट्दा पनि म्युचुअल फण्ड जम्मा १२ प्रतिशत हाराहारीमा घट्यो । अव त झन् बजार माथि जाने लाइनमा छ । त्यसैले हाम्रो फण्डमा लगानी गर्नु ठिकै हुन्छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: