×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन्राइज बैंकले हुम्लेलीहरुलाई ‘बैंकिङ’ पढाउन खोज्यो, सहभागी भन्छन्- ‘आधामात्र बुझियो, समयमात्र खेर गयो’

PRIME CA

सन्राइज बैंकले हुम्लेलीहरुलाई ‘बैंकिङ’ पढाउन खोज्यो, सहभागी भन्छन्- ‘आधामात्र बुझियो, समयमात्र खेर गयो’

१८ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ ।  सन्राइज बैंकद्वारा जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य भवन जुम्लामा पौष १४ गते बिहिबार आयोजित एक कार्यक्रमका बीच बैंकका कार्ड तथा ईबैंकिङ्गका प्रमुख मनोज धिमिरे,  बैंकका ब्राण्ड व्यवस्थापन विभाग ब्राण्ड व्यवस्थापन तथा सि.एस.आर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खडक प्रसाद देबकोटाको उपस्थितिमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो । सो वित्तीय साक्षरता कार्यक्रममा १२० विद्यार्थी र स्थानीयको सहभागिता थियो ।
डेबिट-क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मिस्डकल बैंकिङ, इन्टरनेट बैंकिङ्ग, लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोग लगायतका विषयमा पढाउने काम भएको थियो।
‘पढाएको आधामात्र बुझियो’ : सहभागी
यता सो कार्यक्रममा सहभागीमध्येका अधिकांशले त्यहाँ पढाई भएका विषयमध्ये आधामात्र बुझेको बताएका छन् । ‘के भने, भने, कुरै बुझिएन । बुझेबुझेजस्तो भयो, तर पूरै बुझिएन ।’ सहभागीमध्येका एकले अर्थ सरोकारसँग भने- ‘मैले मात्र नबुझेको भन्ने लागेको थियो, पछि बुझ्दा त साथीहरुले पनि आधामात्र बुझेका रहेछन् । पढाउनेमध्ये कसैको सार्है लोसे शैली, कसैले भनेकै नबुझिने भयो ।’ सहभागीहरुले आफुले जानेको कुरा सुन्दा बुझेको तर थप कुरा नबुझेको प्रतिक्रिया दिएका छन् । ‘मान्छे बटुलेर ल्याए, आयौँ । फोकटमा समयमात्र खेर गयो ।’ अर्का एक सहभागीले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: