×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुष मसान्तभित्र एमओयु गरेको खण्डमा सनराइज-लक्ष्मीले पुष पछाडी एकिकृत कारोबार गरे पनि सुविधा र छुट पाउने !

PRIME CA

पुष मसान्तभित्र एमओयु गरेको खण्डमा सनराइज-लक्ष्मीले पुष पछाडी एकिकृत कारोबार गरे पनि सुविधा र छुट पाउने !

२० पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थालाई यसअघि दिइएको छूट तथा सुविधा अव पुष मसान्तपछि पनि उपलब्ध गराउने भएको छ । पुष अगावै मर्जर तथा प्राप्तिको एमओयु अर्थात सम्झौता गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले यस्तो सुविधा दिने तयारी गरेको हो ।
यसअघि पुष मसान्तसम्म एकिकृत कारोबार गर्नेलाई मात्र राष्ट्र बैंकले छुट दिने भनेको थियो । तर सनराइज र लक्ष्मी बैंक पनि मर्जरमा जान लागेकाले सोको सम्झौता पुष अगावै भएको खण्डमा सो सुविधा पुष मसान्त भित्र सम्झौता गरेकाहरुको हकमासमेत दिन राष्ट्र बैंक सकारात्मक देखिएको हो । तर सिभिल हिमालयन बैंकले अनुरोध गरेकै भरमा भने यो सुविधा दिने मनस्थितिमा राष्ट्र बैंक छैन ।
‘सनराइज बैंकलाई कतै जिम्मा लगाउन पाए हुन्थ्यो भन्ने कुरामा राष्ट्र बैंक चिन्तित थियो । अव लक्ष्मी र सनराइज मर्जरमा जाने कुरा आएको छ । उहाँहरुले छुटका लागि अनुरोध गर्नुपनि भएको छ।  तर हामीले पहिला सम्झौता गरेर आउनुहोस्, अनि सोचौंला भनेका छौं । उहाँहरु सम्झौता गर्न तयार हुनुहुन्छ भने हामीलाई छुट दिन समस्या छैन ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने- ‘सनराइज र लक्ष्मी बैंक मर्जरमा जाने स्थितिमा हामीले पुष पछाडी पनि छुटको सुविधा दिन्छौँ ।’
यद्यपी यस विषयमा अन्तिम छलफल र निर्णय हुन भने बाँकी भएको उनको तर्क छ । ‘अन्तिम छलफल हुन बाँकी छ । राष्ट्र बैंक सकारात्मक छ । पुष मसान्तभित्र सम्झौता भएको खण्डमा छुट दिन हामीलाई समस्या छैन ।’
राष्ट्र बैंकले छुट दिने भएपछि सनराइज र लक्ष्मी बैंक हतारिएका छन् । केहि दिनभित्रै सम्झौता गर्नेगरी उनीहरु तयारी गरिरहेका छन् ।  तर यहि बेला यो मर्जरलाई सफल हुन नदिने भन्दै सनराइजका केहि संचालकहरु नै लागेका छन् ।
सनराइज र लक्ष्मी पनि मर्जरमा गए अव देशमा मर्जरमा जान बाँकी कमजोर बैंक नै रहने छैनन् । सनराइज बैंक, लक्ष्मी बैंकसँग मर्जरमा जाँदा पनि त्यसपछिको नामाकरण हुने लक्ष्मी वा सनराइज बाणिज्य बैंकहरुमध्येकै कमजोर हुने निश्चित भए पनि अहिलेको सनराइजजस्तो कमजोर हुने छैन । यो मर्जरसँगै राष्ट्र बैंकले लिएको मर्जरको नीति सफल भएको मान्नुपर्ने जानकारहरु बताउँछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: