×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज र लक्ष्मी बैंक मर्जरमा जाँदै, स्वाप रेसियो १:१, अध्यक्ष लक्ष्मीलाई, सीइओमा अझै कुरो मिलेन (थप विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सनराइज र लक्ष्मी बैंक मर्जरमा जाँदै, स्वाप रेसियो १:१, अध्यक्ष लक्ष्मीलाई, सीइओमा अझै कुरो मिलेन (थप विवरणसहित)

Artha Sarokar

१९ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मर्जरमा जान बाँकी बैंकहरुमध्ये सबैभन्दा कमजोर र सबैभन्दा विवादित बैंक सनराइज बैंकलाई अन्तत: लक्ष्मी बैंकसँग मर्जरमा जाने भएको छ । यसअघि एभरेष्ट बैंकसँग मर्जरमा जानेबारे छलफल भए पनि एभरेष्टले बिकास बैंकजति पनि नगनेपछि सनराइज बैंक सो प्रक्रियाबाट टाढिएको थियो । आउँदो साता दुई बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर हुने बुझिएको छ ।
लामो समयदेखि सञ्चालक विवादमा फसेको सनराइज पछिल्लो समय सबैभन्दा बढी विवादमा फसेको बैंक हो । अझ त्यसमाथि पनि बैंकका ब्राण्ड मेनेजरले बेष्ट ब्राण्डको अवार्ड थापेपछि बैंकका कर्मचारीहरु आफैं लज्जित भएको महसुस गरिरहेका थिए । बित्तिय विवरणमा पनि लगानीकर्तालाई झुक्याएको, सेयरधनी नै जिल्लाराम हुनेगरी ढुकुटी नै सक्काएको लगायतका कारण विवादको भूमरीमा परेको यो बैंकलाई अन्तत: लक्ष्मी बैंकले आफुसँग मर्जरमा लैजाने भएपछि सनराइजकर्मीहरु पनि दङ्ग भएका छन् ।
यी दुई बैंक १:१ स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । मर्जरपछि बैंकको अध्यक्ष लक्ष्मीले पाउनेछ भने सीइओ पछि छानिनेछ । सीइओ नपाएको खण्डमा सनराइजका सुमन शर्मा बैंक छोडेर हिड्ने बुझिएको छ । सीइओ आफुलाई नै चाहिने भन्दै सुमन शर्मा लविङमा लागेको बुझिएको छ । उनी सनराइज आएपछि केहि समय राम्रो गरेको जस्तो देखिए पनि पछिल्लो समय उनको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेको थियो ।
मर्जरपछि नाम के राख्ने भन्ने विषय टुंगीएको छैन । तर सनराइजको ब्राण्ड बिग्रेकाले लक्ष्मी राख्नुपर्ने धारणामा स्वयम् सनराइजकर्मीहरु पनि सहमत भएका छन् ।  मर्जपछि बैंकमा लक्ष्मी र सनराइजका तर्फबाट दुई/दुई जना सञ्चालक रहनेगरी सहमति भईसकेको छ ।
सनराइज अव कुनै बैंकसँग मर्जरमा नगए निर्मम कारवाही गर्ने राष्ट्र बैंकको चेतावनीपछि बैंक अन्तत: लक्ष्मीमा जान तयार भएको हो ।
यद्यपी सनराइजका केहि केहि संचालक अझै पनि मर्जरमा जान तयार नदेखिएको बताइएको छ । यसअघि सुमन शर्मालाई सीइओबाट बर्खास्त गर्न खोजेका केहि संचालकहरुले मर्जरमा नजाने भन्दै असहमति जनाईरहेका छन् । अझ मर्जरपछि सुमन शर्मालाई नै सीइओ दिने विषयमा ती संचालकको आपत्ति छ । तर बैंकको संचालक समितिले उनीहरुलाई संचालक समितिमै नराख्ने गरी अगाडी प्रक्रिया बढाएको बुझिएको छ ।
सनराइज बैंक र लक्ष्मी बैंकबीच मर्जरको सहमति भए पनि स्वाप रेसियो १:१ हुने कुरामा लक्ष्मी बैंकका कर्मचारी र सेयरधनी भने सन्तुष्ट छैनन् । सनराइजजस्तो कमजोर बैंकसँग १:१ रेसियोमा मर्जरको सहमति गर्नु ठिक नभएको भन्दै केहि सेयरधनीहरु यस कदमविरुद्ध लाग्ने तयारीमा छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी