काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आफ्नो पहिलो निर्णय सार्वजनिक गरेकी छिन् । मंगलबार स्वास्थ्य राज्यमन्त्रीको पदभार ग्रहण गर्दै राज्यमन्त्री कार्कीले पहिलो निर्णयका रुपमा आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने र राष्ट्रिय आँखा रणनीतिलाई विकेन्द्रिकरण गर्ने बताएकी छिन् ।
‘संविधानले व्यवस्था गरेको धारा ३५ लाई आम जनमानसले अनुभूति गर्नेगरी व्यवस्थापन मिलाउनेछौँ’, उनले भनिन्, ‘गुणस्तरीय सेवा हरेक नागरिकको अधिकार हो, स्वास्थ्य सम्बन्धि नागरिकको अधिकारलाई सुनिश्चित गर्नेगरी काम गर्छौँ ।’
त्यस्तै, राज्यमन्त्री कार्कीले आधारभूतदेखि केन्द्रीय स्तरका अस्पतालमा आकस्मिक सेवा उपलब्ध गराउने समेत प्रतिवद्धता जनाएकी छिन् । ‘आकस्मिक स्वास्थ्य सेवाबाट अब कोही पनि बञ्चित हुने छैनन्, स्थानीयदेखि केन्द्रीय स्तरका अस्पतालमा यसको व्यवस्थापन गर्ने हाम्रो पहिलो काम हुनेछ ।’ त्यस्तै उनले राष्ट्रिय आँखा रणनीतिमार्फत आँखा सम्बन्धी स्वास्थ्य सेवालाई विकेन्द्रकरण गर्दै वडा र पालिकास्तरमा पनि पुर्याइने बताएकी छिन् ।
‘अब देशभरका विकट जिल्लाबाट आँखा जचाउनका लागि काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ’, उनले भनिन्, ‘अब स्थानीय र केन्द्रीय स्तरका अस्पतालमा पनि न्युनतम स्वास्थ्य मापदण्डसम्बन्धि जाँच हुनेछ र कार्यान्वयन गर्नेतर्फ पनि जोड दिनेछौँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्