×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चर्को ब्याजदरको विरोध गर्दै सडकमा उत्रिए व्यवसायी, माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी (फोटो-कथा)

PRIME CA

चर्को ब्याजदरको विरोध गर्दै सडकमा उत्रिए व्यवसायी, माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी (फोटो-कथा)

५ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको विरोध गर्दै व्यवसायीहरु सडकमा उत्रिएका छन् । व्यवसायी मार्नेगरी बैंक तथा वित्तीय संस्थाहरुले ब्याज बढाउँदा पनि सरकारले व्यवसायीलाई विभेदपूर्ण व्यवहार गरेको भन्दै उपत्यकाका उद्योगी व्यवसायी सडकमा उत्रिएका हुन् ।

भूकम्प र कोभिडका कारण सारा मुलुक घाटामा जाँदा पनि बैंकहरु भने नाफामै भएको दाबी गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले बैंकको नीति व्यवसायीलाई विस्थापित गर्ने भएको आरोप लगाएका छन् । त्यस्तै, आन्दोलनका क्रममा व्यवसायीहरुले आफुहरुको माग सम्बोधन नभए आन्दोलनलाई थप चर्काउने चेतावानी समेत दिएका छन् ।

चर्को ब्याजदरको विरोधमा उत्रिएका उनीहरुले ‘बैंकिङ आतंक बन्द गर’, ‘बैंक सँधै नाफामा उद्योगी व्यवसायी घाटामा’, ‘बैकिङ ब्याजदर एकल अंकमा कायम गर’ लगायतका पम्प्लेट प्रदर्शन गरेका थिए ।

उपत्यकाका सबै व्यापार संघ र महासंघको संयुक्त विरोध प्रदर्शनमा काठमाडौं, भक्तपुर र ललितपुरका उद्योगी तथा व्यवसायीहरुको समेत सहभागिता रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: