×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चर्को ब्याजदरको विरोध गर्दै धनगढीमा ‘बजार बन्द’, व्यापारी मार्न पाईंदैन भन्दै सयौँ व्यवसायी सडकमा उत्रिए (फोटो-कथा)

PRIME CA

चर्को ब्याजदरको विरोध गर्दै धनगढीमा ‘बजार बन्द’, व्यापारी मार्न पाईंदैन भन्दै सयौँ व्यवसायी सडकमा उत्रिए (फोटो-कथा)

१६ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । धनगढीमा बैंकको चर्को ब्याजदरको विरोधमा व्यवसायीहरु सडकमा उत्रिएका छन् । व्यवसायबाटै विस्थापित हुने गरी बैंकहरुले बढाएको ब्याज र राष्ट्र बैंकले लिएको नीतिको विरोधमा व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।

लामो समयदेखि व्यवसायीको समस्या समाधान गर्न माग गर्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै कैलाली उद्योग वाणिज्य संघले चरणबद्ध आन्दोलनको घोषणा समेत गरेको छ । सोही अनुसार बिहान ११ बजेसम्म सम्पूर्ण पसलहरु बन्द गरी व्यवसायीहरु सडकमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा अर्थतन्त्र सुधारको नाममा राष्ट्र बैंकले लिएको अव्यवहारिक निती परिवर्तनको माग गर्दै व्यवसायीहरुले बैंकको चर्को ब्याजदरको विरोध गरेका थिए ।

प्रदर्शनका क्रममा व्यवसायीहरुले ‘बैंकको ब्याजदर एकल बिन्दुमा कायम गर’, ‘बैंकिङ आतंक बन्द गर’, ‘व्यापारी मार्न पाईंदैन’ लगायतका पम्प्लेटसहित नाराबाजी गरेका थिए । त्यस्तै, पछिल्लो समय चर्को ब्याजका कारण व्यवसायी मर्कामा परेको र सरकारले त्यसको समाधान नखोजे आन्दोलन थप चर्काउने व्यवसायीहरुले चेतावनी समेत दिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: