काठमाडौं । अर्थ मन्त्रालयको जिम्मा तत्कालका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले लिएका छन् । उपप्रधानसमेत रहेका तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रीबाट राजिनामा दिएसँगै रिक्त रहेको अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड स्वयम् आफैले सम्हाल्ने भएका हुन् ।
सरकारमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतको गठबन्धन बनेसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सो लगत्तै एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष सामुहिक राजिनामा दिएका थिए । मन्त्रीहरुको राजिनामासँगै रिक्त रहेको अर्थ मन्त्रालयको जिम्मा तत्कालका लागि प्रधानमन्त्री स्वयम् आफैले लिएका छन् ।
यता नेकपा एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच अर्थमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल सुरु भएको छ । माओवादी केन्द्रले जनार्दन शर्मा र शक्ति बस्नेतको विकल्प अघि सारेको छ भने नेपाली कांग्रेसले अर्थ आफ्नो भागमा परेको खण्डमा ज्ञानेन्द्र बहादुर कार्कीलाई अघि सारेको छ । कांग्रेस र माओवादीबीच गृह र अर्थ भाग लगाएर लिने सहमति भईसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्