काठमाडौँ । सेयर बजार अर्थतन्त्रको ऐना हो । त्यसैले पनि अर्थतन्त्र कता जाँदैछ वा अर्थ मन्त्रालयले के गर्दैछ भन्ने कुराले सेयर बजारमा सिधा असर गर्छ । त्यसमाथि अर्थमन्त्रीले के बोल्छन् वा बोले भन्ने कुराले सेयर बजारमा खास असर गर्छ । डा. बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघर भन्दा सेयर बजार घट्नु, जनार्दन शर्माले सेयर बजारलाई हावा भरिएको बेलुन भन्दा सेयर बजार घट्नु, प्रचण्डले सेयर बजारलाई सट्टाबजार भन्दा लगानीकर्ताको मनोविज्ञान नकारात्मक हुनुजस्ता उदाहरण यसका साक्षी हुन् ।
को अर्थमन्त्री हुँदा सेयर बजार के भयो ?
सुरु गरौँ डा. बाबुराम भट्टाईबाट । सन् २००८ मा अर्थमन्त्री डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सेयर बजार ३९२ अंकले घटेको थियो । सेयर बजारलाई जुवाघर भन्ने बाबुरामको यहि अभिव्यक्तिका कारण सेयर बजार त्योबेला झन्डै तहसनहस भएको थियो । बाबुराम भट्टराईपछि अर्थमन्त्रीमा सुरेन्द्र पाण्डे आए । तर सुरेन्द्र पाण्डेलाई पनि सेयर बजारले पत्याएन । उनी अर्थमन्त्री हुँदा बजार ४०५ अंकले घट्यो ।
त्यसपछि भरतमोहन अधिकारी अर्थमन्त्री भए । उनको कार्यकालमा पनि सेयर बजार कुल ७५ अंकले घट्यो । त्यसपछि अर्थमन्त्रालयमा पुन: माओवादीका नेता आए । बर्षमान पुन अर्थमन्त्री हुँदा नेप्से कुल १९८ अंकले बढ्यो । त्यसपछि शंकर प्रसाद कोइराला अर्थमन्त्री भए । उनको कार्यकालमा पनि सेयर बजार २९५ अंकले बढ्यो । त्यसपछि अर्थमन्त्रीमा रामशरण महत आए। उनको कार्यकालमा सेयर बजार २६५ अंकले बढ्यो । त्यसपछि बिष्णु पौडेल अर्थमन्त्री भए । उनको कार्यकालमा ६८१ अंकले बढ्यो ।

त्यसपछि कृष्ण बहादुर महरा अर्थमन्त्री भए, जसको पालामा सेयर बजार कुल १६५ अंकले घट्यो । त्यसपछि अर्थमन्त्री बनेका ज्ञानेन्द्र बहादुर कार्कीका पालामा सेयर बजार कुल २१७ अंकले घट्यो । त्यसपछि युवराज खतिवडा अर्थमन्त्री बने जसको पालामा सेयर बजार कुल १३४ अंकले बढ्यो । त्यसपछि बिष्णु पौडेल अर्थमन्त्री बन्दा सेयर बजारले अल टाइम हाइ अर्थात ३२०० नजिक पुग्यो । त्यसपछि जनार्दन शर्मा अर्थमन्त्री बने, जसको पालामा ९५४ अंकले सेयर बजार घट्यो । र अन्तत: बिष्णु पौडेल पुन: अर्थमन्त्री बनेपछि सेयर बजार ९९ अंकले त बढ्यो तर बढ्ने आशा गरिएअनुसार बढेन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्