×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चर्को ब्याजदरको विरोधमा विप्लवले देशव्यापी आन्दालन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चर्को ब्याजदरको विरोधमा विप्लवले देशव्यापी आन्दालन गर्ने

Artha Sarokar

२५ माघ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैंकको चर्को ब्याजदरको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

बुधबार केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै महंगी र चर्को ब्याजदरको विरोधमा फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताएका छन् ।

पार्टीले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति अनुरुप बैंक विरुद्ध प्रदर्शन गर्न लागेको विश्वकर्माको भनाई छ ।

‘हाम्रो पार्टी जनताको दुःखमा साथ दिने पार्टी हो र अहिले चर्को ब्याजदरको बाहनामा बैंक तथा वित्तीय संस्थाहरुले जनतालाई साह्रै दुःख दिईरहेका छन्’, उनले भने, ‘निर्धारित कार्यक्रम अनुसार ५ गते मिटरब्याज र बैंक तथा वित्तीय संस्था विरुद्ध प्रदर्शन गछौँ भने १५ गते चर्को महंगीविरुद्ध प्रदर्शन गर्छौं ।’

योसँगै क्रमिक रुपमा आन्दोलनका कार्यक्रम सशक्त बनाउँदै लैजाले विश्वकर्माले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी