काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले लघुवित्त क्षेत्रमा देखिएको समस्याका कारण लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएको समस्याले भयावह रुप लिँदा ऋणीहरु प्रभावित बनेको बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफू गम्भीर रहेको समेत बताएका छन् । ‘लघुवित्त क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरु प्रभावित बने ।’, उनले भने, ‘समस्या समाधानका लागि गम्भीर छु । समस्या समाधानका लागि केही नीतिगत कार्य सुरु भईसकेको छ ।’
हाल देखिएको समस्या समाधानका लागि सरकारको तर्फबाट नीतिगत प्राथामिकता र न्युनतम साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजनाहरु अघि बढाएको समेत पौडेलले बताएका छन् ।
अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिको समाधान गर्न सरकार केन्द्रित भइरहेको बताउँदै पौडेलले सरकार उत्पादनका सबै क्षेत्र, निजी क्षेत्रका सरोकार र समस्याहरुलाई समाधान गर्ने दिशामा केन्द्रित रहेको समेत दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्