काठमाडौं । फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर यथवात् रहने भएको छ । बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले फागुनमा पनि मागकै ब्यादजर कायम राख्ने निर्णय गरेको हो ।
हाल वाणिज्य बैंकहरुमा साधारण मुद्धती निक्षेपको ब्याजदर ११ प्रतिशत रहेको छ । बैंकर्स संघको निर्णय अनुसार फागुनमा पनि सोही ब्याजदर कायम रहने भएको छ ।
‘बैठकबाट फागुमा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय भएको छ’, एक बैंकका सीईओले अर्थ सरोकारसँग भने, ‘राष्ट्र बैंकको मौद्रिक समिक्षाको कुरा पनि बैठकमा उठेको थियो । तर, मौद्रिक नीतिमा नीतिगत फेरबदल हुने सम्भावन न्युन भएकोले ब्याजदर यथावत् राख्ने निर्णय गरेका हौँ ।’
यद्यपी राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा नीतिगत दर घटाएछ भने पनि तत्कालै बैठक बसी निर्णय पुनरावलोकन गर्ने ति सीईओले बताएका छन् । नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा शुक्रबार नै ल्याउने गरी तयारी थालिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्