×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रमेश हमालविरुद्ध लान्छना लगाइयो, उनले गरेका राम्रा काम धेरै छन्’ : छोटेलाल रौनियार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘रमेश हमालविरुद्ध लान्छना लगाइयो, उनले गरेका राम्रा काम धेरै छन्’ : छोटेलाल रौनियार

२२ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पूँजीबजारको विकास एवम् विस्तारको मुलमन्त्रलाई आत्मसाथ गर्दै धितोपत्र बोर्ड र यसको नेतृत्व गरी राख्नुभएको रमेश कुमार हमालज्युलाई केही निहित स्वार्थ समुह र उसले प्रयोग गर्ने माध्यमहरूले वर्तमान नेतृत्वलाई चोट पुर्याउने र समग्र बोर्डको कार्यमा समेत प्रश्नचिन्ह उठ्नेगरी बिना प्रमाण औँला उठ्याउने कार्य भईरहेको देखिएको छ ।

राम्रो कार्य आत्मसाथ गर्न नसक्ने र विभिन्न लांच्छना लगाएर बाधा अड्चन खडा गर्ने समुह र गिरोहको हामी खुलेर घोर भत्सर्ना गर्दै हामी सबै लगानीकर्ता साथीहरु एकजुट भएर विरोध गर्नु पर्दछ । देहाय बमोजिमका नेपाल धितोपत्र वोर्ड र वर्तमान नेतृत्वले गरेको प्रशंसनीय कार्यहरू तपाई हामीबीच लुकेको छैन ।

१. IPO Share application गर्दा लाग्ने शुल्कमा न्युनिकरण गरी रु ५० बाट रु ५ सम्म घटाएको छ ।

२. Merger र Acquisition को नाममा बर्षौ Freeze भई कारोवारमा हुने समस्यालाई मध्यनजर गर्दै यो परम्परालाई तोडेर, लगानीकर्ताहरुको अर्बौको लगानी १५ दिन भित्र फुकुवा हुने ब्यवस्था गर्नु गरिएको छ ।

३. कुनै पनि कम्पनीको मर्जर र एक्युजिशन प्रक्रियाको फाईल ३ दिन भित्र Approve वा कारणसहित रिजेक्ट गर्ने प्रक्रियामा धितोपत्र बोर्डमा पुगिसकेको छ ।

४. खुल्ला प्रतिस्पर्धामा नयाँ स्टक एक्स्चेन्ज (NEW STOCK EXCHANGE), कमोडिटी एक्स्चेन्ज (COMMODITY EXCHANGE) र ब्रोकरको (NEW BROKER LICENSE) लागी आवेदन माग गर्नुका साथै सम्पुर्ण प्रक्रिया अगाडि बढाईसकेको छ। निकट भविष्यमै यो कार्य सम्पन्न भएपछि नेपालको पूंजीबजारमा क्रान्तिकारी परिवर्तन हुनेछ ।

५. नेप्सेमा एउटै कम्पनी YCO  ले NOTS System र ब्रोकरको TMS पनि चलाएको अवस्थाले Data Privacy को कुरामा शंका पैदा गरिरहेको थियो, यो समस्याको समाधानको समेत कार्यहरू अगाडि बढाईएको छ साथै Sebon र Nepse ले API को नियमावली पास गरिसकेको अवस्थामा अब निकट भबिस्यमा ब्रोकर साथीहरूले आ-आफ्नै अन्तर्राष्ट्रिय Sstandard को TMS चलाउने र हामी लगानीकर्ताहरुलाई नयाँ सेवा दिने ढोका खुलेको छ।

६. ईन्साईडर-ट्रेड गर्नेलाई कारबाही गर्ने शुरूवात सेबोनबाट शुरू भैसकेकोले नेपालको पूंजीबजारको धमिराहरू विस्तारै निरुत्साहित हुँदै गएका छन ।

७. नेप्सेको ट्रेडिङ समयमा सूचना चुहाउने कम्पनीलाई कारवाही सुरु भैसकेको छ।

८. सम्माननीय प्रधानमन्त्री , अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरज्यु बाट पूंजीबजार बिकास मैत्री कार्यहरू गर्ने थालनी भैसकेको कुरा सर्व बिधित नै छ।

९. सेबोन र नेप्सेले पूंजीबजारको बिकासको लागी एसएमई प्लाटफर्म (SME Platform)को कार्य अगाडि बढाईसकेको छ।

१०. ब्रोकर साथीहरूलाई देशभर शाखाहरु खोल्न १५ दिनभित्र सिफारिस दिने वा लिखित रूपमा कारण सहित किन दिन नसकिने भनेर जानकारी दिने ब्यवस्थाको पहल भैसकेको छ र निकट भविष्यमै कार्यान्वयनको चरणमा छ ।

सके सहयोग गरौं नसके घृणित कार्य बन्द गरौं !
जय पूँजीबजार !

(अग्रज लगानीकर्ता छोटेलाल रौनियारको फेसबुकबाट)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी