×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बिजनेश भिसा’ होल्डर चिनियाँ अंकलको कथा: कलिला नेपाली कोशोरीलाई बन्धक बनाएर काठमाडौंमा बेश्यालय संचालन…

PRIME CA
GLOBAL IME BANK

‘बिजनेश भिसा’ होल्डर चिनियाँ अंकलको कथा: कलिला नेपाली कोशोरीलाई बन्धक बनाएर काठमाडौंमा बेश्यालय संचालन…

१६ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < ४ मिनेट

समय स्मार्टफोनको छ। अभिभावकको पहुँचभन्दा बाहिर रहेर बच्चा केटाकेटीहरु अनेक ट्रयापमा परिरहेका छन् । अभिभावकलाई थाहा नै नदिई केटाकेटीहरु बाहिर घुम्न जाने, प्रेम सम्बन्धमा रहने, र यतिसम्मकि अरुको बहकाउमा लागेर अश्लील क्रियाकलापमासमेत लागिरहेका छन् । बाबुआमाले थाहा नपाउनेगरी साथी बनाउने, रमाइलो गर्ने र अन्तत: फस्ने किशोरीहरुको संख्या पछिल्लो समय निकै ठुलो छ नेपालमा । उमेर परिवर्तनको जटिल समयमा अभिभावकले यस्ता कुरामा ध्यान नदिंदा अहिले बालिक अवस्थामै किशोरीहरु गर्भवती बनेका छन्, यौन हिंशाको सिकार बनेका छन्, विभिन्न कुलतमा फसेका छन् र आफ्नो जीवन बर्बाद गरिरहेका छन् ।
अझ त्यसमाथि देखावटी समाजभित्र आजका किशोरीहरुलाई फकाउने र दुरुपयोग गर्ने गिरोह नै सक्रिय छन् । किशोरीहरुलाई विभिन्न बहानामा फकाउने, र उनीहरुलाई दुरुपयोग गरेर आफ्नो स्वार्थ्य पूर्ति गर्नेहरु धेरै छन् । अझ पछिल्लो समय त चीनबाट नेपाल आएर केहि चिनियाँहरु नै यस्ता गलत काममा लागिरहेको पाइएको छ । नेपाली किशोरीलाई पैसा र जागिरको लोभ देखाएर बन्धक गराई यौनजन्य क्रियाकलापमा लगाउने चिनियाँ नागरिक याङ लि मिङ यस्तै पात्र हुन्, जसले नेपाली किशोरीलाई प्रेमजालमा परेर बन्धक बनाए ।
कसरि सुरु भयो घटनाको शिलशिला ? 
घटना यसरी सुरु हुन्छ । झापाको मेचीनगर नगरपालिका–११ कि १३ वर्षीया किशोरी, प्रहरीले उनको काल्पनिक नाम जाउलाखेल १९ राखेको छ । उमेरले भर्खर १३ बर्षकि । चिनियाँ नागरिक मिङले उनलाई केहि समय अघि देखि फलो गरिरहेका थिए । १३ बर्षको कलिलो उमेर शारीरिक र मानसिक परिवर्तनको उमेर हो । यहि मौकामा चिनियाँ नागरिक मिङले उनलाई शपीङ गर्न पैसा दिन्थ्ये, रिचार्ज कार्ड दिन्थ्ये, भनेको कुरा किनिदिन्थे । यतिमात्र होइन झापा बसेर काम छैन, काठमाडौँमा निकै राम्रो काम पाइन्छ भनेर फकाउँथे ।
१३ बर्षको कलिलो उमेरले यो सबै कुरा ठिक मान्यो । पैसा पनि हुने, रमाइलो पनि हुने, जिन्दगी नै केहि फरक हुने विश्वासमा जाउलाखेल १९ ती किशोरीले बिहीबार बिहीबार दिउँसो १ बजेतिर आफू अध्ययनरत स्कुल पुगेर साथीहरुसँग बिदा मागिन् । साथीहरुले कहाँ जान लागेको भन्ने सोध्दा उनले चिनियाँ अङ्कलले काठमाडौँ बोलाउनुभएको सुनाईन् । काठमाडौँमा सार्है राम्रो पैसा कमाइनेसमेत सुनाईन् । मिङले उनलाई जे जे भनेर फकाएका थिए, उनले साथीहरुलाई पनि त्यहि सुनाईन् । मिङको कुरा सुनेर उनले आफ्नो स्कुलका १० देखि १२ जनालाई आफूसँगै जान प्रस्ताव गरेकी थिइन् । उनले काठमाडौँमा चिनियाँ अङ्कलले काम लगाईदिने, निकै राम्रो पैसा कमाई हुने सुनाएकी थिईन् । त्यतिमात्र होइन, मिङकै योजनामा ती किशोरीले घरमा कसैलाई नभन्न कसमसमेत खुवाएकी थिईन । चिनियाँ अङ्कलले काम दिनुहुन्छ भन्दै प्रलोभन देखाएर मिङले ती किशोरीको पूरै ब्रेनवास नै गरेका थिए ।

चिनियाँ नागरिकले ती किशोरीलाई यसरी जालमा फसाईसकेका थिए र एकोहोरो बनाईसकेका थिए कि ती किशोरीले उनी अध्ययनरत स्कुलको बेन्चहरुमा ‘चाइना लभ, नेपाल हेट’ लेख्न थालिसकेकी थिइन्  । साथीहरुको कपीभरि पनि उनी त्यस्तै लेख्थिन् । प्रहरीका अनुसार किशोरीको मोबाइलमा पनि चिनियाँ गीतहरु राखेको पाइएको छ । प्रहरीका अनुसार ती किशोरीलाई चिनियाँ परिवारको जस्तै बनाएर पूरै प्रभावमा पारेको देखिन्छ । यसबारे थाहा पाएपछि पीडितका दाइले ललितपुर प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीका अनुसार चिनियाँ नागरिक याङ लि मिङले बन्धक बनाएको किशोरीलाई नै प्रयोग गरेर अरु साथीलाई बोलाउन लगाउने गरेका थिए ।
‘१८ वर्षकी अर्की एक किशोरीले नै झापा र पोखराका पीडितसँग जोडेको पाइएको छ’ अनुसन्धान अधिकृत भन्छन्, ‘उनीबारे पनि अनुसन्धान सुरु भएको छ ।’
झन्डै १ बर्ष अघि देखि ती किशोरीले आफुलाई चिनियाँ अङ्कलले सार्है माया गर्ने, रिचार्ज कार्ड दिने, किनमेल गर्न पैसा पनि दिने गरेको सुनाउँदै आएकी थिइन् । बुवा वैदेशिक रोजगारीमा गएर बेपत्ता भएपछि आमासँग बस्दै आएकी जाउलाखेल १९ , ती किशोरी चिनियाँ नागरिकको कुरामा विश्वस्त भएकी थिइन् । सामाजिक सञ्जाल फेसबुकमार्फत कुराकानी गर्दै ती किशोरी १८ बर्षीया अर्का एक किशोरीमार्फत ती चिनियाँसँग नजिकिएका थिए ।
ती किशोरी स्काउटले लैजाने क्याम्पमा जाने भन्दै घर छोडेकी थिइन् । तर एक महिनासम्म पनि छोरी घर नआएपछि आत्तिएकी आमाले स्कुलमा सम्पर्क गरिन् । बल्ल थाहा भयो कि न स्कुलमा स्काउटको क्याम्प थियो, न छोरी स्कुल पुगेकि थिइन् । अरु साथीहरुले काठमाडौँ जान नमानेपछि  जाउलाखेल १९ले साथीहरुसँग आफू अर्कै स्कुल पढ्न थालेको बताएकी थिइन् । र त्यसपछि सुरु भयो जावलाखेल १९ अर्थात ती किशोरीको खोजी ।
स्थानीय नेताहरुकोसमेत सहयोगमा सीआईबीमा उजुरी पर्यो । प्रहरीले खोजिनिधि गर्यो । पछि थाहा भयो, चिनियाँ नागरिकले ती किशोरीलाई बन्धक बनाएर राखेका रहेछन् । जाउलाखेल १९ को मोबाइल स्वीच अफ थियो । तर, नयाँ नम्बरबाट फोन गरेर ती किशोरीले आफु काठमाडौँ आईपुगेको र आफ्नो चिन्ता नलिन भनेकी थिइन् । र प्रहरीका लागि यहि फोन नम्बर, कुल बन्यो ।  किशोरीले प्रयोग गरेको सोहि नम्बरका आधारमा प्रहरीले उनलाई ट्रेस गरिरहेको थियो । त्यसपछि सो नम्बरमा किश्रीका छिमेकीले फोन गरेर किशोरीबारे बुझ्न थाले । उनको बोली र व्यवहारमा शंका लागेपछि अन्तत: ती छिमेकीले मिङलाई प्रहरी आउन लागेको जानकारी दिए । त्यसपछि आफुलाई प्रहरीले भेटिसकेको थाहा पाएपछि उनी आफैं प्रहरीसमक्ष आत्मसमर्पण गर्न आए ।
त्यसपछि प्रहरीले ती चिनियाँ नागरिकबारे अनुसन्धान गर्न थाल्यो । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख सिद्धिविक्रम शाहका अनुसार मिङ गोंगटीस्थित न्यू कोका प्यूरियन म्याट्रेस कम्पनीका सञ्चालक हुन् । कलिला युवतीहरुलाई बन्धक बनाउने, जवर्जस्ती करणी गर्ने, र अरुलाई पनि कलिला किशोरीहरुसँग यौन क्रियाकलाप गर्न लागाएर पैसा कमाउने उनको धन्दा रहेछ । उनीविरुद्ध जबर्जस्ती करणीको कसूरमा अनुसन्धान गर्न आइतबार प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट थुनामा राख्न म्याद लिएको छ ।
प्रहरीका अनुसार पक्राउ गरेर उनी कार्यरत कम्पनीमा जाँदा थप किशोरीहरुलाई पनि बन्धक बनाएर राखिेको फेला परेको छ । उनले किशोरी बन्धक गराएको ठाउँमा किशोरीहरुलाई जवर्जस्ती यौन क्रियाकलापमा लगाएकोसमेत फेला परेको छ । प्रमाण फेलापरेपछि मिङविरुद्ध जाहेरी समेत दर्ता भइसकेको छ । यो बीचमा प्रहरीले प्रहरीले जम्मा पाँचलाई उद्धार गरेको छ ।
प्रहरीका अनुसार चिनियाँ नागरिक मिङले पोखराका थप दुई किशोरीलाई माघ १० गते काठमाडौं ल्याएको देखिएको छ भने किशोरीहरुलाई आर्थिक प्रलोभन देखाएर त्यहाँसम्म ल्याएको पाइएको प्रमाणसमेत प्रहरीले भेटेको छ । उनीहरुलाई नेपालविरोधी विषयहरु सिकाउँदै चिनियाँ गीतहरु सुन्न प्रेरित गरेकोसमेत पाइएको प्रहरीको भनाई छ ।
पछिल्लो १५ दिनमा चिनियाँ नागरिकले कम्तीमा १५ जनालाई काठमाडौं बोलाएको पाइएको छ ।  यता ती चिनियाँ नागरिकले चाहिं आफूमाथि लागेको आरोप अस्वीकार गर्दै किशोरीहरुलाई सहयोग गरेको दाबी गर्ने गरेका छन् ।बिजनेश भिसामा काठमाडौँ आएका मिङको ब्याकग्राउण्ड के हो भन्ने अनुसन्धान अहिले प्रहरीले गरिरहेको छ । घटनाको अनुसन्धान त प्रहरीले गर्ने नै छ, तपाईं हामी हाम्रा छोराछोरी कहाँ छन् भन्ने कुरामा सचेत हुन जरुरी छ । (भिडियो)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: