काठमाडौं । निर्वाचन आयोगले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
नागरिकता विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएसँगै रिक्त रहेको सांसद पदको लागि आयोगले बैशाख १० गते उपनिर्वाचनको समय तोकेको हो ।
आयोगका अनुसार उपनिर्वाचनका लागि फागुन १ गतेदेखि चैत्र १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्नेछ भने चैत २० गते मनोनयन दर्ता गर्नेछ ।
यता आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै नेकपा एमाले र माओवादीले भने चितवन २ मा हुने उपनिर्वाचनमा उम्मेदवार नउठाउने गरी तयारी गरेको छ । ‘अहिलेको स्थिति चितवन २ को उपनिर्वाचनमा उम्मेवार नउठाउने र रवि जिलाई नै साझा उम्मेदवारका रुपमा अघि सार्ने कि भन्ने छलफल चलेको छ’, एमालेका एक नेताले भने, ‘यद्यपी अहिले यो विषय छलफलमै छ । तर, अधिक सम्भावना उम्मेदवार नउठाउने नै देखिन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्