×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘२० लाखसम्मको ऋण मिनाहा हुनुपर्छ, राज्यले सक्दैन भने हामीलाई दिए हुन्छ, हामी गर्छौँ’ : दुर्गा प्रसाईं

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘२० लाखसम्मको ऋण मिनाहा हुनुपर्छ, राज्यले सक्दैन भने हामीलाई दिए हुन्छ, हामी गर्छौँ’ : दुर्गा प्रसाईं

Artha Sarokar

१० फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने बताएका छन् । आर्थिक मिडिया संचालक संघ (इमान)सँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

राज्य भएपछि गरिबको ऋण मिनाहा गर्ने दायित्व पनि राज्यकै भएकाले सो ऋण राज्यले तिरिदिनुपर्ने उनको भनाई छ । ‘राज्य हो नि, राज्य भएपछि गरिबको ऋण मिनाहा हुनुपर्छ । त्यसैले २० लाख रुपैयाँसम्मको ऋण मिनाहा हुनुपर्छ ।’ कुराकानीका क्रममा उनले भने- ‘राज्यले सक्दैन भने, हामीलाई राज्यको जिम्मेवारी दिए हुन्छ, हामी सक्छौँ ।’

२० लाख ऋण लिनेहरु धेरै भएका हुनाले सबैको ऋण मिनाहा गर्न सम्भव छ र ? भन्ने प्रश्नमा प्रशाईले राज्य भएपछी राज्यले सो काम गर्नुपर्ने दाबी दोहोर्याएका छन् । ‘गरिबले पनि राज्यको महसुस गर्नुपर्छ । आजसम्म त्यस्तो भएको छैन । त्यसैले २० लाख रुपैयाँसम्मको कर्जा मिनाहा हुनुपर्छ ।

लघुवित्तसम्बन्धि एक प्रसङ्गमा उनले पछिल्लो समय लघुवित्तले ऋणीहरुलाई अनावश्यक तनाव दिएकोसमेत दोहोर्याएका छन् । लघुवित्तको ऋणका नाममा लघुवित्तकर्मीहरुले ऋणीलाई अनावश्यक टर्चर दिएको भन्दै अव त्यस्तो काम सह्य नहुने उनको भनाई छ । यसअघि उनले रातीराती टर्चर दिने लघुवित्तकर्मी र बैंकरहरुलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए ।

उनीसँगको कुराकानी भिडियोमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी