×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पूर्वअर्थमन्त्री खतिवडाले पैसा कमाउनेलाई सामन्ती देख्दा अहिलेको अर्थतन्त्र बिग्रियो’ : दुर्गा प्रसाईं

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘पूर्वअर्थमन्त्री खतिवडाले पैसा कमाउनेलाई सामन्ती देख्दा अहिलेको अर्थतन्त्र बिग्रियो’ : दुर्गा प्रसाईं

Artha Sarokar

१० फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले पुर्वअर्थमन्त्री डा.युवराज खतिवडाका कारण नेपालको अर्थतन्त्र बिग्रेको आरोप लगाएका छन् । आर्थिक मिडिया संचालक सघं (इमान) सँगको एक बिशेष कुराकानीका क्रममा उनले पूर्व अर्थमन्त्री खतिवडालाई यस्तो आरोप लगाएका हुन् ।

युवराज खतिवडाले २ तलाभन्दा माथिको  घर देख्ने बित्तिकै सामन्ती देख्ने  गरेकोले नेपालको अर्थतन्त्र आजको गम्भीर स्थितिमा आइपुगेको दाबी गरेका छन् । ‘युवराज खतिवडा भनेको साधारण राँगो जोतेर पढेको मान्छे हो ।’ कार्यक्रममा उनले बोल्दै भने-‘खतिवडा बुद्धि नै २ तल्ल्ला भन्दा माथि घर हुनेलाई सामन्ती देख्ने छ । उनकै कारण देश अहिलेको स्थितिमा आईपुगेको हो ।’

कार्यक्रममा बोल्दै उनले काठमाडौँ उपत्यका भित्रका ९० प्रतिशत घर लिलाम हुने स्थितिमा रहेकोसमेत दाबी गरेका  छन् । ‘काठमाडौँ उपत्यकाभित्रका ९० प्रतिशत घर लिलाम हुँदैछ । लिलाम भएको सम्पत्ति सिमित सामन्तीले लाँदैछन् ।’ देशको अर्थतन्त्र सिमित व्यापारीको कब्जामा रहेको दाबी गर्दै उनले भने- ‘५५ जना व्यपारी र १० जना नेताका हात देशको अर्थतन्त्र छ ।’

लघुवित्तसम्बन्धि एक प्रसङ्गमा उनले पछिल्लो समय लघुवित्तले ऋणीहरुलाई अनावश्यक टर्चर दिएको समेत आरोप लगाएका छन् । ‘ बैंक का मेनेजरले  ऋणीलाई सुत्न समेत बोलाएका छन्’,कार्यक्रममा बोल्दै उनले भने- ‘ यस्तो कुरा अब सह्य हुँदैन । कसैलाई पनि राती फोन गरेर टर्चर दिन पाइन्न ।’

उनीसँगको कुराकानी भिडियोमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी