×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘काठमाडौं उपत्यका भित्रका ९० प्रतिशत घर लिलाम हुँदैछन्, सिमित सामन्तीले घरखेत खाईदिंदैछन्’ : दुर्गा प्रसाई

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘काठमाडौं उपत्यका भित्रका ९० प्रतिशत घर लिलाम हुँदैछन्, सिमित सामन्तीले घरखेत खाईदिंदैछन्’ : दुर्गा प्रसाई

Artha Sarokar

१० फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले काठमाडौं उपत्यका भित्रका ९० प्रतिशत घर लिलाम हुने स्थितिमा रहेको दाबी गरेका छन् । आर्थिक मिडिया संचालक संघ (इमान) सँगको एक विशेष कुराकानीका क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

‘काठमाडौं भ्यालीभित्रका ९० प्रतिशत घर लिलाम हुँदैछन्, सिमित सामन्तीले लाँदैछन् ।’, कार्यक्रममा बोल्दै उनले भने- ‘५५ जना व्यापारी र १० जना नेताको हातमा देशको अर्थतन्त्र छ । यीनैले गरिबका घरखेत लाने हुन् ।’

बैंकिङ क्षेत्रमा देखिएको आन्दोलन विना कारण नभई बैंकहरुकै कारण आएको प्रसाईको तर्क छ । ‘यो आन्दोलन त्यत्तिकै आएको होईन, बैंकका सीइओहरुलाई जसले ५० लाख तलब खुवाएको छ, आज तिनै ऋणीहरुको जंगलमा बास छ । काक्रममा बोल्दै उनले भने-‘त्यो ५० लाख तलब खुवाउने र टाइ लगाउने स्थितिमा पुर्याउने गरिबको आज जंगलमा बास भएको राज्यले देख्नुपर्दैन ? अनि आन्दोलन नगरेर के गर्ने ?’

व्यवसायी प्रसाईंले आफ्नो अभियान गरिबका पक्षमा रहेकोले यसलाई साथ दिन सबैलाई अनुरोध गरेका छन् । ‘राज्य भनेको सबैका लागि हो । गरिबका लागि पनि हो । त्यासैले  २० लाख भन्दा तलको ऋण मिनाहा हुनुपर्छ । गरिबलाई सस्तो ब्याजमा कर्जा प्रवाह हुनुपर्छ । राज्यले सक्दैन भने हामीलाई जिम्मा दिए हुन्छ ।’ कुराकानीका क्रममा उनले भने ।

उनीसँगको कुराकानी भिडियोमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी