×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सेयर बजारमा लगानी गर्नेहरु ५०० % डुब्छन्, सागको मुठो बेचेर चन्द्रागिरीको सेयर किन्नेहरु फसे’: दुर्गा प्रसाईं

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईले अहिले सेयर बजारमा लगानी गर्नेहरु डुब्ने दाबी गरेका छन् । मंगलबार आर्थिक मिडिया संचालक संघ (इमान)सँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘जसले सेयर बजारमा आज लगानी गरेको छ, उ डुब्दैछ’ इमानसँगको कुराकानीमा उनले दाबी गर्दै भने -‘आजको दिनमा सेयरमा लगानी गर्नेहरु ५०० % डुब्छन्।’

कुराकानीका क्रममा चन्द्रागिरी हिल्स लिमिटेडको उदाहरण दिंदै उनले सो कम्पनीका मालिकहरु सेयर बेचेर उम्किसकेको र सोझा र गरिबहरु फसेको दाबी गरेका छन् । ‘चन्द्रागिरी हिल्स लिमिटेडका संचालकहरुले लगानी गरेको रकम सेयर बेचेर उठाईसके ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘सागको मुठो बेचेर सेयर किन्नेहरु फसे।चन्द्रागिरी हिल्स घाटामा गएको दाबी गर्दै उनले सो कम्पनीले अव केहि पनि नदिने आशयसमेत ब्यक्त गरे । ‘सेयरमा लगानी गर्नेहरु डुब्छन् भन्ने दाबी के आधारमा गर्नुभयो ?’ भन्ने प्रश्नमा उनले भने- ‘मलाई नेपालको कुरा नासिकाउनुस् न । आधार होइन, रेण्डमली भन्छु, उनीहरु डुब्छन्।’

इमानसँगको कुराकानीमा उनले २० लाख रुपैयाँसम्मको कर्जा मिनाहा गर्नुपर्ने आवाजसमेत उठाएका छन् । राज्य भएपछि गरिबको ऋण मिनाहा गर्ने दायित्व पनि राज्यकै भएकाले सो ऋण राज्यले तिरिदिनुपर्ने उनको भनाई छ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाका कारण देशको अर्थतन्त्र बिग्रेको आरोप लगाउँदै उनले खतिवडाले २ तला माथिको घर देख्नेबित्तिकै जो कोहीलाई पनि सामन्ती देख्ने गरेकाले आजको स्थिति आईपुगेको दाबी गरेका छन् ।

अहिलेसम्म आफुले ऋण लिएको सबै बैंक तथा वित्तीय संस्थाको ब्याज तिरेको दाबी गर्दै उनले आफुले ब्याज नतिरेको भन्ने गलत जानकारी दिनेहरू विरुद्ध कानुनी उपचारमा जानेसमेत बताएका छन् । ‘जे पायो त्यहि भन्न पाइन्छ ? जो कुनै सीइओलाई गएर सोध्नुहोस्, मैले अहिलेसम्म तिर्नुपर्ने सबै किस्ता तिरिसकेको छु ।’

लघुवित्तसम्बन्धि एक प्रसङ्गमा उनले पछिल्लो समय लघुवित्तले ऋणीहरुलाई अनावश्यक तनाव दिएकोसमेत दोहोर्याएका छन् । ‘बैंकका मेनेजरहरुले ऋणीलाई सुत्नसम्म बोलाएका छन् ।’ प्रसाईंको आरोप छ ।

उनीसँगको कुराकानी भिडियोमा हेर्नुहोस् : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: