काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो समय ऋणीहरुलाई कस्ने समय नभएको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले आयोजना गरेको ‘अर्थतन्त्रको चुनौति र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
त्यस्तै, बैंक वित्तीय संस्थाहरुले दुःख दिए भने राष्ट्र बैंकलाई सूचना दिनसमेत गभर्नर अधिकारीले आग्रह गरेका छन् । ‘कोही उद्योगी व्यवसायी बैंक तथा वित्तीय संस्थाबाट पीडित हुनुभएको छ भने जानकारी गराउनुस् । बैंकमा गुनासो सुन्ने मान्छे हुन्छन्, बैंकले सुनेन भने राष्ट्र बैंकमा आउनुस्’, उनले भने, ‘आफै आफ्नो आवाज उठाउन सक्नुहुन्न भने सामाजिक अभियान्ताको सहायता लिनुस् तर पीडाको जानकारी गराउनुस् ।’
त्यस्तै गभर्नर अधिकारिले अर्थतन्त्र सुधारोन्मुख हुँदै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै जाने बताएका छन् ।
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले समग्र आर्थिक सन्तुलनका लागि आन्तरिक उत्पादन बढाउन पर्ने आवश्यकता भए पनि आयातमा निर्भर उपभोग तथा राजस्व प्रणाली, अर्थतन्त्रमा ठूलो योगदान रेमिटेन्सको रहनुजस्ता अवस्थाका कारणले बाह्य क्षेत्र प्रभावित भएको बताएका छन् । त्यस्तै, उनले निजी क्षेत्रका सबै समस्या सम्बोधन गर्न सकिने अवस्था नरहेको पनि स्पष्ट पारेका छन् ।
‘मौद्रिक नीतिका आफ्नै सीमा छन् तर ती सीमाभन्दा निजी क्षेत्रका आशा निकै बढी छन् । कतिपय मौद्रिक उपकरण छोटो समयका लागि कार्यान्वयनमा ल्याइएका छन्’, गभर्नर अधिकारीले भने, ‘अर्थतन्त्रको अवस्था सहज हुँदा मौद्रिक नीतिका कसिलो नीति खुकुलो हुँदै जान्छन् ।’
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अहिले तरलता अभावको समस्या विस्तारै कम हुँदै गएको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्