Skip to content
LAXMI SUNRISE BANK

‘मान्छे र सेयर बजार, जाने माथि नै हो, राष्ट्र बैंक सेयर बजारप्रति सकारात्मक छ’ : गभर्नर अधिकारी

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार अन्तत: माथि नै जाने बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मान्छे होस् वा सेयर बजार जाने माथि नै हो’ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने- ‘नेपालको पूँजीबजार प्रति राष्ट्र बैंक नकारात्मक छैन ।’
नेपालको पूँजी बजारलाई नियमन गर्ने राष्ट्र बैंकले नभई नेपाल धितोपत्र बोर्डको भएको बताउँदै उनले राष्ट्र बैंकको उद्देश्य पूँजीबजारलाई असर परोस् भन्ने नभएको बताएका छन् । भारतमा भएको हर्षद मेहता प्रकरणलाईसमेत सम्झंदै उनले अन्तत: सेयर बजार माथि नै जाने बताएका हुन् । सेयर कर्जामा लागेको १२ करोडको बन्देजको विषयमा मौद्रिक नीतिले सम्बोधन नगरेको विषयमा सोधिएको विषयमा उनले यहि कारण सेयर लगानीकर्ताले राष्ट्र बैंकलाई अन्यथा लिन नहुनेसमेत दाबी गरेका छन् ।
उनले बोलेको भिडियो केहिबेरमा अर्थ सरोकारमा प्रशारण हुनेछ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK