Skip to content
LAXMI SUNRISE BANK

हवाई सुरक्षामा गम्भीर असर पर्ने निष्कर्षसहित गुण एयरको सम्पूर्ण उडान बन्द गर्न प्राधिकरणको निर्देशन

अर्थ सरोकार

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले गुण एयरको सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ । पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले गुण एयरको सम्पूर्ण उडान तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

उडानमा संलग्न कर्मचारीलाई तलब नदिएको भन्दै एयरलाइन्सप्रति असन्तुष्टि बढ्न थालेपछि उडान बन्द गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाले बताएका छन् । उनका अनुसार जोखिमलाई मध्यनजर गरेर अर्को व्यवस्था नभएसम्मका लागि गुण एयरका सम्पूर्ण उडान बन्द गरिएको छ ।

गुणका उडान गत बुधबारदेखि नै बन्द भए पनि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइलट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो । तर, उडान बन्द भएपछि प्राधिकरणले गरेको छानबिनका क्रममा कर्मचारीलाई तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ ।

गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन्। यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK