×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

हिमालयन-सिभिल मर्जरः कर्मचारी एड्जस्टमेन्टमा लफडा, पद घटुवा गर्न लागेको भन्दै सिभिलका कर्मचारीले गरे ‘पेन डाउन’

BIZBAZAR

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट मर्जर तथा एक्वीजिसनको अन्तिम स्वीकृति पाएको हिमालय बैंक र सिभिल बैंकबीचको मर्जरमा कर्मचारी एड्जस्टमेन्टमा समस्या देखिएको छ । यसैबीच कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै हिमालयसँग विलय हुन लागेको सिभिल बैंकका कर्मचारीहरु आन्दोलित बनेका छन् ।

मर्जरका क्रममा सिभिल बैंकका कर्मचारीलाई एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागेको भन्दै बुधबार सिभिल बैंकका कर्मचारीले पेन डाउन गरेका छन् । कर्मचारी समायोजनमा आपत्ती जनाउँदै उनीहरुले बैंकको देशभरका शाखामा बिहान १० बजेदेखि २ घण्टाका लागि पेन डाउन गरेका हुन् ।

‘हिमालयन बैंकसँगको मर्जर प्रक्रियामा कर्मचारी समायोजनमा हाम्रो आपत्ति छ’, सिभिल बैंकका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘एक तह घटुवा भएर त काम गर्न सकिँदैन । यसले कर्मचारीको मनोबल झनै घट्ने भयो ।’ हाल कर्मचारी समायोजनका विषयमा व्यवस्थापनसँग छलफल भईरहेको बताउँदै ती कर्मचारीले मर्जरपछि सिभिलका कर्मचारीहरुको पद घटुवा गर्ने निर्णय मान्य नहुने बताएका छन् ।

सिभिल बैंकमा सुपरभाइजर भन्ने तह भएको र हिमालयनमा सो तह नभएको उल्लेख गर्दै सिभिलका एक कर्मचारीले मर्जरपछि सिभिल बैंकको सुपरभाइजर तहका कर्मचारी सिनियर असिस्टेन्ट भएर जाने कुरामा आपत्ति भएको बताएका छन् । यसले यही बैंकमा काम गर्छु भन्ने कर्मचारीलाई खासै असर नगरे पनि अन्य बैंकमा अवसर आउँदा समस्या हुने कर्मचारीहरुको भनाई छ ।

१००ः८०.२८ सेयर अनुपातमा सिभिललाई प्राप्ति गर्न लागेको हिमालयन बैंकले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाटअन्तिम स्वीकृतिसमेत पाईसकेको छ। सिभिल हिमालयसँग विलय भएपछि ‘हिमालयन बैंक’को नामबाट एकीकृत कारोबार सुरु हुनेछ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएसँगै दुवै बैंकले एकीकृत कारोबार सुरु गर्नेछन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal