×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन-सिभिल मर्जर लफडा : सीइओ पोखरेलले बैंक छोड्ने, सिभिलका कर्मचारीलाई घटुवा गरिने, ३ बर्षसम्म बढुवा नगरिने !

PRIME CA

हिमालयन-सिभिल मर्जर लफडा : सीइओ पोखरेलले बैंक छोड्ने, सिभिलका कर्मचारीलाई घटुवा गरिने, ३ बर्षसम्म बढुवा नगरिने !

२५ माघ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मर्जरमा जान लागेका सिभिल बैंक र हिमालयन बैंकबीच लफडा सुरु भएको छ । सिभिल बैंकका कर्मचारीको घटुवा हुने निश्चित भएपछि र सो केस मिलाउन नसकेर सिभिलका सीइओ सुनिल पोखरेलले बैंक नै छोड्ने भएपछि मर्जरमा लफडा निस्किएको हो । हिमालयन बैंकले सुरुवाती सहमतिविपरित कर्मचारीको घटुवा गर्ने भएपछि बुधबारबाट कर्मचारीले पेनडाउन गरेका छन् । पेन डाउनपछि सिभिलका काम केहि घण्टा ठप्प भएका छन् । मर्जरको सम्झौतापत्रमा समान हैसियतमा कर्मचारीको समायोजन गर्ने भनिएको थियो ।

अव पछिल्लो तयारी अनुसार अधिकृत भन्दा तल्लो दर्जाका सिभिल बैंकका सबै कर्मचारीको एक तह घटुवा हुने भएको छ । यसो गर्दा सिभिलका कुल ६ सय कर्मचारी घटुवामा पर्ने भएका छन् । अझ खास कुरा त के छ भने हिमालयन बैंकले सिभिल बैंकका घटुवामा परेका कर्मचारीहरुलाई ३ बर्षसम्म बढुवा नगर्ने आन्तरिक रणनीति लिएको हिमालयन बैंक स्रोतको दाबी छ ।

‘सिभिल बैंकका कर्मचारीलाई एक तह घटुवा गर्ने र ३ बर्षसम्म बढुवा नगर्ने आन्तरिक सहमति छ ।’ हिमालयन बैंकको उच्च स्रोतले भन्यो, ‘ठुलो भाग पाइयो भनेर मर्जरमा आएको सिभिलका कर्मचारीहरुले अव सार्है गाह्रो दिन देख्ने वाला छन् ।’यसो त तल्लो तहका कर्मचारीमात्र होइन, माथिल्लो तहका कर्मचारी पनि सिभिलबाट नलिने मनस्थितिमा हिमालयन बैंक रहेको बुझिएको छ । यहि तथ्य बुझेर ४ वर्षे कार्यकालका लागि १९ महिनाअघि नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल पनि बैंकबाट बाहिरिने भएका छन् । उनले केहि दिनपछि बैंकबाट राजिनामा दिने बुझिएको छ ।

पोखरेल मुनिका केहि उच्च तहका कर्मचारी भने घटुवा भएर नै हिमालयन जान तयार भएका छन् । जसमध्ये बैंकका डेपुटी सीइओ सचिनजंग रायमाझी लगायतका कर्मचारी एक तह घटुवा भएर हिमालयन जान लागेका छन् । फाल्गुन १० गतेबाट एकिकृत कारोबारको तयारी गरेको सिभिल बैंकका कर्मचारीहरुको दुखद समायोजन हुने पक्कापक्की भएपछि सिभिल बैंकका कर्मचारीले अन्यत्र जागिर खोज्न थालेका छन् भने यहि प्रकरणले मर्जर नै भाँडिने हो कि भन्ने खतरासमेत बढेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: