काठमाडौं । मर्जरपछि हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ । सिभिल बैंकलाई प्राप्ती गरेसँगै हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । शुक्रबार हिमालयन बैंकको प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहकाबीच हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र तत्कालीन सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले पानसमा दियो बालेर एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
सिभिललाई प्राप्ती गरेसँगै हिमालयन बैंक लिमिटेडको कुल पूँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।
एकीकृत कारोबार शुभारम्भ गर्दै हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले मर्जरमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे । त्यस्तै, उनले नौँ महिनाको लामो कसरत र छलफलपछि दुवै बैंकबीचको मर्जर सफल भएको बताउँदै आगामी दिनमा बैंकलाई थप सबल र उत्कृष्ट बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
हिमालयन बैंकले सिभिललाई १००ः८०.२८ सेयर अनुपातमा प्राप्ती गरेको हो । योसँगै अब सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।
मर्जरसँगै बैंकको कुल शाखा सञ्जाल १ सय ८१ र २० वटा एक्टेन्सन काउन्टर हुनेछ भने कुल कर्मचारीको संख्या १ हजार ९ सय ७३ रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्