काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले २६औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच आईक्यानले आफ्नो व्यवसायिक उत्कृष्टताको २६औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा आयोजित बृहत सम्मेलनमा प्रतिष्ठित व्यक्तिहरुबाट प्यानल छलफल र पेपर प्रस्तुतीकरण समेत राखिएको थियो । योसँगै सम्मेलनमा राष्ट्रिय राजस्वको सवाल र मुलुकको आर्थिक विकासमा लेखा व्यवसायीको भूमिका विषयक अन्तरक्रिया पनि गरिएको थियो ।
कार्यक्रममा सहभागी राष्ट्रिय राजस्व क्षेत्रका विज्ञ, नियामक, निजी तथा सरकारी एजेन्सीहरु र लेखा व्यवसायीहरुबीच मुलुकको वर्तमान आर्थिक अवस्था, चुनौति र समाधानका विषयमा दोहोरो संवाद समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक समृद्धिमा लेखा व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आईक्यानको इज्जतमा प्रत्येक लेखा परिक्षकको प्रत्येक हस्ताक्षर जोडिने कुरा उल्लेख गर्दै फाइनान्सियल सेक्टरमा पेश हुने हरेक मार्गनिर्देशनहरुमा लेखा परिक्षकको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
त्यस्तै, आईक्यान दिवश समारोहमा आईक्यानले उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः
















Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्