×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारतीय बैंकहरुमा कर्जा लगानी १६ प्रतिशतले बढ्यो, निक्षेप संकलन सुस्त, ब्याजदर बढाउन आरबिआईको सुझाव

काठमाडौं । भारतीय बैंकहरुले कर्जा लगानीमा उल्लेख्य सुधार गरेको पाइएको छ । भारतीय रिजर्भ बैंक (आरबिआई)ले सार्वजनिक गरेको विवरण अनुसार तुलनात्मक रुपमा गतवर्षभन्दा चालु वर्षमा भारतीय बैंकहरुको कर्जा लगानीमा वृद्धि भएको छ ।

रिजर्भ बैंकको रिपोर्टका अनुसार यसवर्ष भारतीय बैंकहरुको कर्जा लगानी १६.५ प्रतिशतले बढेको छ । जनवरी १३ सम्ममा भारतीय बैंकहरुले १ हजार ३२८ खर्ब भारतीय रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् । आरबिआईका अनुसार यो अवधिमा भारतीय बैंकहरुले ‘रिटेल लोन’मा उल्लेख्य वृद्धि गरेका छन् ।

कर्जा लगानीसँगै यो अवधिमा भारतीय बैंकहरुले १ हजार ७६७ खर्ब भारतीय रुपैयाँ निक्षेप संकलन गरेका छन्, जुन गत वर्षको तुलनामा १०.१ प्रतिशत बढी हो । हाल भारतीय बैंकहरुमा कर्जाको माग उच्च देखिएको छ ।

भारतीय बैंकहरुको कर्जा विस्तारको गति उच्च भएपछि आरबीआईले समेत बैंकहरुलाई निक्षेप तान्नका लागि निक्षेपको ब्याजदर बढाउन सुझाव दिएको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: