×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा घोटाला प्रकरण : सीईओको आत्मसमर्पणपछि अन्य ३ जना पक्राउ, केही कर्मचारी फरार भए

PRIME CA

कामना सेवा घोटाला प्रकरण : सीईओको आत्मसमर्पणपछि अन्य ३ जना पक्राउ, केही कर्मचारी फरार भए

१९ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कामना सेवा विकास बैंकका पूर्व सीईओ प्रविण बस्नेतको आत्मसमर्पणपछि प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । केहिदिन अघि मात्रै बैंकका सीईओ बस्नेतले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।  सो लगत्तै  बैंकमा घटेको झण्डै ४० करोड रुपैयाँ घोटाला प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हरेन्द्र दाहाल, चन्द्रबादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । घोटाला प्रकरणमा राष्ट्र बैंकको इन्सपेक्सनपछि कार्वाहीका लागि सीईबीमा गरेको सिफारिसका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि बैंकका २२ जना कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । अझै पनि केही भने फरार रहेको प्रहरीले जनाएको छ । हाल सो केसमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान जारी राखेको छ ।

बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीको नाममा प्रवाह भएको ३१ करोड रुपैयाँ अपचलन गरेको पाइएको थियो । यसरी प्रवाह हुने अधिकांश ऋण बिनाधितोको समेत छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: