×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिसाब बिग्रिएको सहकारीभन्दा पनि छाडा बन्यो कृषि विकास बैंक, ‘गुड फर पेमेन्ट’ चेक साट्नै छाड्यो !

PRIME CA

हिसाब बिग्रिएको सहकारीभन्दा पनि छाडा बन्यो कृषि विकास बैंक, ‘गुड फर पेमेन्ट’ चेक साट्नै छाड्यो !

२२ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

हिसाब बिग्रिएको सहकारीभन्दा पनि छाडा बन्यो कृषि विकास बैंक, ‘गुड फर पेमेन्ट’ चेक साट्नै छाड्यो !
काठमाडौं । पछिल्लो समय आन्तरिक घोटाला र भ्रष्टाचारमा गिजोलिएको कृषि विकास बैंक हिसाब बिग्रिएको सहकारीभन्दा पनि छाडा बनेको छ । यतिसम्म कि बैंकले अहिले ‘गुड फर पेमेन्ट’ चेक साट्नै छाडेको छ ।

कृषि विकास बैंकको सप्तरीस्थित बोदेबसाइन शाखाले साट्नै पर्ने ‘गुड फर पेमेन्ट’ नसाट्ने गरेको पाइएको छ । एकपटक काटिसकेपछि काट्नैपर्ने बाध्यता रहने ‘गुड फर पेमेन्ट’ चेक नसाटेरै ग्राहक फर्काएपछि बैंकको छाडापन सतहमा अएको हो । पछिल्ला दिन बैंकको सो शाखाले ‘गुड फर पेमेन्ट’ चेक नसाटेर ग्राहकलाई दुःख दिँदै आएको छ ।

यसो त ‘गुड फर पेमेन्ट’ चेक काटिसकेपछि अनिवार्य रुपमा साटिनै पर्ने व्यवस्था छ । अन्य साधारण चेक जस्तो यो चेक ‘बाउन्स’ गर्न वा फर्काउन बैंकले पाउँदैन । तर, कृषि विकास बैंकको सो शाखाले भने बारम्बर चेक फिर्ता गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

यता बैंकका शाखा प्रबन्धक राम बचन यादवले पनि ‘गुड फर पेमेन्ट’ चेक नसाटेको स्वीकार गरेका छन् । ‘गुड फर पेमेन्ट’ चेक फिर्ता गर्न नमिल्ने विषयमा आफू जानकार रहेको भए पनि चेक फिर्ता गरेको उनले स्वीकारे । तर, सो विषयमा थप बुझ्ने क्रममा ‘म अहिले बैंकमा छु, मिटिङ छ, केही समयमा विस्तृतमा भन्छु’ भनेका उनीसँग पछि भने सम्पर्क नै हुन सकेन ।

बैंकका सहप्रवक्ता भन्छन्- ‘यो विषयमा मलाई थाहै छैन’
यता कृषि विकास बैंकका सहप्रवक्ता हिमलाल पौडेलले भने सो विषय आफुलाई जानकारी नभएको बताए । ‘गुड फर पेमेन्ट’ चेक नसाटिएको कुनै पनि जानकारी हामीकहाँ आएको छैन, आउँदै होला’, उनले भने, ‘त्यस्तो भएको भए त जानकारी आउनुपर्ने हो तर हालसम्म कुनै जानकारी छैन । यो विषय ब्रान्च अपरेशनले हेर्छ, के रहेछ म बुझ्छु ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: