×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि बिकास बैंकको सिइओका लागि ५ जना शर्टलिष्टमा, अध्यक्षविरुद्ध हात धोएर लागेका पनि टप ५ मा परे !

PRIME CA

कृषि बिकास बैंकको सिइओका लागि ५ जना शर्टलिष्टमा, अध्यक्षविरुद्ध हात धोएर लागेका पनि टप ५ मा परे !

५ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदका लागि ५ जनाको नाम छनोट भएको छ । बाणिज्य बैंकहरुमध्ये सार्है कम तलव दिने बैंकहरुमध्ये एक भए पनि राजनीतिक पहुँच हुने र नदेखिनेगरी घुस खान पनि सजिलो ठाउँ भएकाले कृषिको सिइओका लागि थुप्रैले मरिहत्ते गरेका थिए । अन्ततः छनोट समितिले ५ जनाको नाम सिफारिस गरेको छ ।

सर्टलिस्टको पहिलो नम्बरमा गोविन्द गुरुङ छन् । हाल उनी विदेशी बैंकमा कार्यरत छन् । सिभिलमा रहँदा पनि सार्है कमजोर पर्फर्मेन्स देखाएका उनी कृषिमा छनोट नभएको खण्डमा नेपालमा कुनै पनि बैंकको सिइओ तत्कालै हुन सक्ने स्थिति छैन ।

दोस्रो नम्बरका प्रताव सुवेदी कृषिमै कार्यरत छन् । तर, बैंकका तल्लो तहदेखि माथिल्लो तह सम्मकाले उनी सिइओ नभईदिए हुन्थ्यो भन्ने चाहेका छन् । उनीविरुद्ध बैंककै अध्यक्षविरुद्ध हात धोएर लागेको र गलत प्रचारबाजी गरिरहेको आरोप पनि छ ।

शर्ट लिस्टको तेस्रो नम्बरमा यज्ञप्रकास न्यौपाने छन् भने सिइओको रेसमा सबैभन्दा योग्य व्यक्तिका रुपमा चर्चा गरिएका बद्रि गुरागाईं र विष्णुदेव यादव पनि सर्टलिस्टमा परेका छन् । गुरागाईँ चार्टर्ड एकाउन्टेन्ट हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: