×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको नयाँ सीईओमा गोबिन्द गुरुङ नियुक्त

PRIME CA

कृषि विकास बैंकको नयाँ सीईओमा गोबिन्द गुरुङ नियुक्त

७ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ पदमा नियुक्त गरेको हो ।

योसँगै नवनियुक्त सीईओ गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्नेछन् । बैंकिङ क्षेत्रमा २६ वर्षे कार्यानुभव बटुलेका गुरुङ सिभिल बैंकका पूर्व सीईओ हुन् । त्रिवि अन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट बैंकिङ करियरको शुभारम्भ गरेका थिए ।

गुरुङले हिमालयन बैंकमा साढे १० वर्ष काम गरे । त्यसपछि ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदको जिम्मेवारी सम्हाले । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा साढे २ वर्ष मेगा बैंकमा कार्य सम्पादन गरेका थिए ।

सिभिल बैंकमा ४ वर्ष डेपुटी सीईओका रुपमा कार्यभार सम्हालेका गुरुङ सोही बैंकको सीईओसमेत बने । सिभिल बैंकमा ४ वर्ष ३ महिना सीईओका रुपमा काम गरेपछि गुरुङ विदेशी बैंकमा सीईओ बने । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् ।

कृषि विकास बैंकमा सीईओका लागि आवेदन दिएका २२ जनामध्ये पाँच जनाको नाम सर्ट लिष्टमा निस्किएको थियो । जसमा पहिलो नम्बरमा गोविन्द गुरुङ, दोस्रो नम्बरमा प्रताव सुवेदी, तेस्रो नम्बरमा यज्ञप्रकास न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका थिए । तर, सबै प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङ कृषि विकास बैंकको नयाँ सीईओ बनेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: