×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्दोलनका नाममा लोल्से मलमा लुट मच्याउने १५ चोर पक्राउ, लुटपाटको नाइके नै ‘ड्राइभर-खलासी’

PRIME CA
GLOBAL IME BANK

आन्दोलनका नाममा लोल्से मलमा लुट मच्याउने १५ चोर पक्राउ, लुटपाटको नाइके नै ‘ड्राइभर-खलासी’

४ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आन्दोलनका नाममा लोत्से मलमा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२६ गोंगबुको नयाँ बसपार्कस्थित लोत्से मलमा प्रवेश गरी विभिन्न पसलमा मोबाइल, चार्जरलगायतका सामान चोरी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा छिरेर सामान चोरी गर्दै गरेको फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले बताएका छन् ।

‘सामाजिक सञ्जाल र विभिन्न संचारमाध्यममा आएका फुटेजका आधारमा चोरीमा संलग्न भएकाहरुलाई पक्राउ गरिएको हो’, एसएसपी केसीले भने, ‘फुटेजमा देखिने मुख्य व्यक्ति पक्राउ परिसकेका छन्, थप केही निगरानीमा छन् ।’

पक्राउ परेकामध्ये ७ जना महानगर, बाइसधारा, तार्केश्वर यातायातका चालक र सह-चालक रहेको समेत केसीले बताए । केसीका अनुसार पक्राउ पर्नेहरुमा केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति रहेका छन् ।

लुटपाटमा संलग्न ४ जनालाई सोमबार नै जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी हिरासतमा राखेको छ । ट्राफिक प्रहरीले जरिवाना बढाएकामा घटाउनुपर्ने, माइक्रोबस व्यवस्थापन लगायतको माग राखी विभिन्न यातायात मजदुर सङ्गठनले गरेको आन्दोलनका क्रममा फागुन १ गते तोडफोडसहित लुटपाट भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: