×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर कर्जाका बारेमा मौद्रिक नीति केहि बोलेन, राष्ट्र बैंकका अधिकारी भन्छन्- ‘सर्कुलरमार्फत आवश्यक सम्बोधन गर्छौँ’

PRIME CA

सेयर कर्जाका बारेमा मौद्रिक नीति केहि बोलेन, राष्ट्र बैंकका अधिकारी भन्छन्- ‘सर्कुलरमार्फत आवश्यक सम्बोधन गर्छौँ’

२७ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको छ । शुक्रबार वेवसाइटमार्फत नीतिको समिक्षा गरेको राष्ट्र बैंकले ऋणीहरुका मागलाई केहि सम्बोधन गरेको छ ।
यद्यपी घरजग्गा र सेयरका बारेमा राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा केहि बोलेको छैन । विशेषगरी १२ करोडको सिमा खारेज गरी सो सिमालाई २५ करोड बनाइएको विषय राष्ट्र बैंकको समिक्षामा नै आउने तयारी थियो । तर मौद्रिक नीति सो बारेमा केहि नबोलेपछि सेयर कर्जाको सिमा के भयो भन्ने विषय धेरैको चासोको विषय बनेको छ ।
यता राष्ट्र बैंकले भने सेयर कर्जा लगायतका केहि विषय सर्कुलरमार्फत आवश्यक सम्बोधन गरिने बताएका छन् । ‘राष्ट्र बैंकले मौद्रिक नीति ल्याएकै सेयर लगानीकर्ताका लागि हो भन्ने भ्रम बाँड्न खोजियो । जव कि कुरा त्यस्तो होइन । सेयरमात्र होइन घरजग्गाका विषयमा पनि मौद्रिक नीतिको समिक्षाले केहि पनि बोलेको छैन ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने – ‘सेयर सम्बन्धि आवश्यक निर्णयबारे छलफल भएको छ नै, सर्कुलरमार्फत त्यसको सम्बोधन गर्छौँ ।’
मौद्रिक नीतिको पूर्ण पाठ हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: