×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरमा जाँदै, मर्जरपछि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स बन्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरमा जाँदै, मर्जरपछि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स बन्ने

Artha Sarokar

२९ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ । दुवै कम्पनीले एकआपसमा मर्जरमा जाने सहमतिपत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् ।

मर्जरसम्बन्धी सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संचालक अम्बिका प्रसाद पौडले र प्रुडेन्सियलका तर्फबाट संचालक अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

क्रस होल्डिङ भएका दुवै कम्पनीलाई मर्जरका जानका लागि बीमा प्राधिकरणले दबाब दिँदै आएको थियो । दुवै कम्पनीबीच १ः१ सेयर अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमती भएको छ ।

मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी