×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सद्दे कर्मचारीलाई पागल भनेपछि मेरो माइक्रोफाइनान्सका सिइओको चौतर्फी विरोध, `जस्टिस फर नवीन´ अभियान सुरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

सद्दे कर्मचारीलाई पागल भनेपछि मेरो माइक्रोफाइनान्सका सिइओको चौतर्फी विरोध, `जस्टिस फर नवीन´ अभियान सुरु

काठमाडौं । सद्दे कर्मचारीलाई मानसिक सन्तुलन ठिक नभएको दाबी गरेर विवादमा तानिएका मेरो माइक्रोफाइनान्सका सीईओ रामहरि दाहालको चौतर्फी विरोध सुरु भएको छ । विदा मागेको र सामाजिक संजालमा लेखेको भन्दै आफ्नै कर्मचारीलाई मानसिक सन्तुलन गुमाएको भन्दै प्रहरीमा पत्र काटेको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि सीईओ दाहालको चौतर्फी विरोध सुरु भएको हो ।

सो खबर सार्वजनिक भएपछि अहिले सामाजिक संजालमा #Justicefornabinshah अभियान नै सुरु भएको छ । लघुबित्तका कर्मचारीमाथी हदैसम्मको अन्याय भएको भन्दै लघुबित्तका कर्मचारीले नै यस्तो अभियान सुरु गरेका हुन् । नवीन शाहको पक्षमा अन्य अघुबित्तका कर्मचारी पनि खुलेरै बोल्न थालेका छन् । सद्दे कर्मचारीलाई पागल भन्न नपाइने भन्दै लघुबित्तका कर्मचारीहरुले मेरो माइक्रोफाइनान्सका सिइओको राजिनामा समेत माग गरेका छन् ।

भएको के हो ?
मेरो माइक्रोफाइनान्समा काम गर्ने कर्मचारी नवीन शाहले सार्है आवश्यक परेपछि बिरामी बिदा मागे तर लघुबित्तले बिदा स्वीकृत गरेन । वर्षमा एकपटक बिदा माग्दा पनि लघुबित्तले बिदा स्वीकृत नगर्दा र अत्यावश्यक परेको हुँदा उनले बिदाको निवेदन दिएर बिदामा बसे । तर, कम्पनीले ‘किन गयल भएको ?’ भन्दै स्पष्टिकरण सोध्यो । त्यति मात्र होइन कम्पनीले उनलाई फेसबुकमा लेखेको स्ट्याटसका बारेमा पनि स्पष्टीकरण सोध्यो । त्यसपछि उनले आफुलाई कम्पनीले टर्चर दिएको, हाकिम जुन बेला पनि बिदामा बस्न पाउने तर हामीले चाहिँ वर्षका एक पटक पनि बिदा नपाउने भन्दै स्पष्टिकरण बुझाए । त्यसपछि कम्पनीका सीईओले उनको मानसिक सन्तुलन ठिक नभएको भन्दै प्रहरीमा पत्र काटे ।

यसरी सद्धे मान्छेलाई ‘पागल’ भनेको भन्दै अर्थ सरोकारले खबर सार्वजनिक गरेसँगै सीईओको चौतर्फी विरोध सुरु भयो । सामाजिक सञ्जालहरुमा कम्पनीकै कर्मचारीहरु पनि उक्त केसमा सीईओको गल्ती भएको र मेरो माइक्रोफाइनान्समा कर्मचारीमाथिको दमन निकै भएको बताईरहेका छन् ।

नवीन शाहा बोल्नु सार्है राम्रो काम भएको र उनले न्याय पाउनुपर्ने भन्दै हाल सामाजिक सञ्जालमा ‘जस्टिस फर नवीन’ अभियान नै सुरु भएको छ । सद्धे कर्मचारीलाई ‘पागल’ किन भनेको ? मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई जागिरमा किन राखेको ? लगायतका प्रश्नसहित ‘जस्टिस फर नवीन’को ह्यास्ट्याग प्रयोग गर्दै सामाजिक सञ्जालमा सोधिएको छ ।

नवीन कुमार शाह कानुनी उपचारमा गएमा सिइओ दाहाल जेलसमेत जान सक्ने जानकारहरु बताउँछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: