×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै सिइओविरुद्ध मानहानीको मुद्धा लिएर अदालत जाँदै मेरो माइक्रोफाइनान्स कर्मचारी, हुन सक्छ जेल सजाय ! (भिडियो)

PRIME CA

आफ्नै सिइओविरुद्ध मानहानीको मुद्धा लिएर अदालत जाँदै मेरो माइक्रोफाइनान्स कर्मचारी, हुन सक्छ जेल सजाय ! (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार

काठमाडौं । मेरो माइक्रोफाइनान्सका कर्मचारीले आफ्नै सिइओविरुद्ध मानहानीको मुद्धा लिएर आदलत जाने भएका छन् । कम्पनीका कर्मचारी नवीन शाह मेरो माइक्रोफाइनान्सका सीइओ रामहरि दाहालविरुद्ध मानहानीको मुद्धा लिएर अदालत जाने भएका हुन् । उनी हाल सोहि कामका लागि कानुनी परामर्श लिन काठमाडौँमा छन् ।

केहि समय आगाडी मेरो माइक्रोफाइनान्सका सीइओले सद्धे कर्मचारीलाई मानसिक रुपमा नै समस्या भएको भन्दै प्रहरीमा निवेदन दिएपछि यो घटनाले बिकराल रुप लिएको थियो । संस्थाले पीडित कर्मचारीलाई संचार माध्यममा बोल्यो भनेर निलम्बनसमेत गरेको आरोप कर्मचारीको छ । पिडित शाहले छोराको उपचारका लागि बिदा माग्दा पनि बिदा नदिएपछि छोराको उपचारका लागि गएका उनलाई गयल भएको भन्दै संस्थाले स्पष्टीकरण सोधेको थियो ।

आफु आउन नसक्ने स्थितिमा रहँदा पनि संस्थाका उच्च तहका कर्मचारीले ‘मरेर भए पनि अफिस आउनुपर्ने’ बताएपछि उनले आफ्नो ज्यानमा तलमाथि भए त्यसको जिम्मा संस्थाले लिनुपर्छ भन्दै स्पष्टिकरण पत्रमा आफ्ना कुरा राखेका थिए । तर संस्थाले शाहले मर्ने धम्की दिएको भन्दै उनको मानसिक अवस्थासमेत ठिक नभएको भन्दै प्रहरीमा उजुरी गरेपछि यो प्रकरण सतहमा आएको हो ।

अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘बिज एण्ड ब्रेन’मा बोल्दै शाहले आफु कम्पनीका सीइओ दाहालविरुद्ध अदालत जाने निर्णयमा पुगेको बताएका हुन् ।

मागेकै कारण, संस्थाले निलम्बन गरेको कुरा बताउँदै उनले भने-‘ मैले छोराको उपचारको लागी बिदा मागेको थिए, राम कुमार सुबेदीलाई कल गर्दा रिसिभ भएन, त्यसैले म्यासेन्जमा बिदाको रेक्वेस्ट पठाए।’ उनले फेरी भने, ‘ उहाँहरुले बिदा दिन आलटाल गरे र म बिदामा बसेको हुँ ।’

‘संस्थाले मलाई अन्याय गर्यो, मानसिक सन्तुलन गुमाएको भन्दै संस्थाले प्रहरीमा पत्र काटेक छ । जवकि म मानसिक रुपमा स्वस्थ छु ।’ कार्यक्रममा उनले भनेका छन्-‘ सीइओले जथाभावी पत्र लेख्दा, मेरो मानहानी भएको छ । अहिले कुनै पनि संस्थामा काम गर्दा पुलिस रिपोर्ट चाहिन्छ, अब अरु ठाउँमा जागिर खान पनि गार्हो भएको छ । मलाई अव यसको क्षतिपूर्ति चाहिन्छ ।’

आफु न्यायको लागि लड्न तयार भएको बताउँदै उनले आफु मानसिक रुपमा स्वस्थ रहेको दाबीसमेत गरेका छन् । ‘म अब न्यायका लागि संस्थाका सीइओविरुद्ध मानहानीको मुद्दा लिएर आदलत जान्छु ।’ कार्यक्रममा बोल्दै उनले भने-‘ म मानसिक रुपमा एकदम स्वस्थ छु, अदालतले मलाई न्याय दिन्छ भन्ने कुरामा म विश्वस्त छु।’

कार्यक्रममा बोल्दै उनले लघुवित्तमा पछिल्लो समय कर्मचारीलाई धेरै नै ‘टर्चर’ दिने काम भएकोसमेत दाबी गरेका छन् । ‘हामीलाई टर्चर दिन माथिबाट नै आदेश आउँछ ।’ कार्यक्रममा बोल्दै उनले भनेका छन् -‘जसरी हुन्छ किस्ता असुल गर्नुस, जे गर्नुपर्छ गर्नुस्, टर्चर दिएर भएपनि किस्ता असुल गर्नुस् जस्ता आदेश माथिबाट आउने गरेको छ।’

यता संस्थाका सीइओ रामहरि दाहालले भने शाह बिना जानकारी गयल भएको र यस विषयमा स्पष्टीकरण सोध्दा उनले मर्ने धम्की दिएकाले प्रहरीमा सामान्य जानकारी गराएको दाबी गर्दै आएका छन् । यद्यपी पछिल्लो समय संस्थाभित्रैबाट सीइओले गलत गरेको आवाज उठ्न थालेको छ ।

सीइओले मुद्धा हारे के हुन्छ ?
पीडीत कर्मचारी नविन शाहले सीइओ विरुद्ध गाली बेइज्जतीको कसुर गरेको भन्दै मुद्धा हाल्न लागेका हुन् । प्रचलित कानुनले कसैलाई होच्याउने नियतले बोली वा बचनले अपमानजनक शब्द प्रयोग गरेमा, गाली गरेको मानिन्छ र गाली गर्ने वा गराउने व्यक्तिलाई कैद र नगद जरिवानाको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ मा गाली गर्न नहुने भन्ने उल्लेख छ । कुनै पनि किसिमबाट जानीजानी अरुको इज्जतमा धक्का पुर्याउने वा कसैको चरित्रहत्या गर्ने वा दोष लगाउने कुनै पनि कार्यलाई बेइज्जती गरेको मानिने सो दफामा उल्लेख छ । बेइज्जती गर्ने वा गराउनेलाई दुई बर्षसम्म कैद वा बीस हजार रुपैयँसम्म जरिवाना वा दुवै सजाय हुन्छ भन्ने उल्लेख छ ।

कसैले कसैलाई बेइज्जती गरे वा गराएकोे ठहरिएमा बेइज्जती गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असरको विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्च समेत भराउनु पर्नेछ भनी ऐनमा स्पष्ट लेखिएको छ ।

सीइओ दाहालले विना प्रमाण प्रहरीलाई निज शाह मानसिक सन्तुलन ठिक नभएको आशयसहितको पत्र लेख्नुलाई गाली बेइज्जती मान्न सकिने कानुन व्यवसायीहरुको तर्क छ । यदी यो मुद्धा सीइओ दाहालले हारे भने उनलाई २ बर्षसम्म जेल वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।

उनीसँगको कुराकानीको पूरा अंश भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: