×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४.४२ अंकले बढेर २१०० बिन्दुमा उक्लियो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

४.४२ अंकले बढेर २१०० बिन्दुमा उक्लियो नेप्से

Artha Sarokar

२३ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार नेप्से २१०० बिन्दुमा उक्लिएको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४.४२ अंकले बढेर २१०० बिन्दुमा उक्लिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५९ कम्पनीको ३९ लाख २२ हजार २ सय १६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ६ करोड ४५ लाख ७३ हजार ६१ रुपैयाको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा महुली लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, सर्पोट माइक्रोफाइनान्स, माछापुच्छ्रे बैक र नेपाल एसबिआई बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ६ करोड ४५ लाख ७३ हजार ६१ रुपैयाको सेयर कारोबार भएको हो । यस अलावा युनिभर्सल पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेनस, हिमालयन डिष्ट्रिलरी र आशा लघुवित्त वित्तीय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा ८.५५ लक्ष्मी बैंक डिबेन्चर २०८८ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । ८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८को सेयरमा यस्तो गिरावट आउँदा बाराही हाइड्रोपावर, मिथिला लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमइ ब्यालेण्स्ड फण्ड-१ र आरबिबि म्युचुअल फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी