काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने भएको छ । शुक्रबार नै सञ्चालक समितिको बैठक बसी शुक्रबार नै समिक्षा सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार मौद्रिक नीतिको समिक्षा शुक्रबार नै ल्याउने गरी तयारी थालिएको छ । ‘हरसम्भव मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा शुक्रबार नै आउँछ, सोही अनुसार तयारी थालिएको छ’, राष्ट्र बैंक स्रोतले भन्यो, ‘भवितव्य रुपमा केही कारण शुक्रबार आएनछ भने पनि आइतबार त आउँछ आउँछ ।’ मौद्रिक नीतिको समिक्षाका लागि राष्ट्र बैंकले माग गरेको सुझाव समेत सबै ठाउँबाट आईसकेकोले शुक्रबार मौद्रिक नीतिको समिक्षा आउने सम्भावना प्रवल रहेको स्रोतको दाबी छ ।
यता व्यवसायीहरुले भने राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा तरलता सहज, चर्को ब्याजदर नियन्त्रण र केही नीतिगत संशोधनको अपेक्षा गरेका छन् । हाल बैंकको चर्को ब्याजदरको अत्याधिक मारमा व्यवसायी परेकोले ब्याजदरको समस्या मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन् ।
े
योसँगै नेपाली पूँजीबजारको माग भने सेयर धितो कर्जामा लगाइएको ४ १२ को नीति खारेज हुनुपर्ने रहेको छ । मौद्रिक नीतिको समिक्षाका लागि पनि सेयर लगानीकर्ताहरुले सेयर धितो कर्जामा लगाइएको १२ करोडको सिमा हटाउनुपर्ने, जोखिम भार घटाउनुपर्ने सुझाव दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्