Skip to content
LAXMI SUNRISE BANK

लिलामीको सुचनामा ऋणीको फोटो नछाप्न राष्ट्र बैंकको निर्देशन

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा असुलीको लागि धितो लिलामीको सूचना सार्वजनिक गर्दा ऋणीको फोटो सार्वजनिक नगर्न निर्देशन दिएको छ । बिहीबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि संशोधनसहितको एकीकृत निर्देशन २०७८ जारी गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

योसँगै अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीका क्रममा धितोको लिलामीका लागि निकाल्ने सूचनामा व्यक्तिको फोटो छाप्न पाउने छैनन् । तर, ऋणीको नाम, ठेगाना र तनि पुस्ते विवरण भने छाप्न पाउनेछन् ।

‘कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न पाइने छैन ।’– निर्देशिकामा भनिएको छ ।

त्यस्तै, निर्देशिका अनुसार कर्जा असुली सम्बन्धी कार्वाही सम्बन्धमा एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कार्वाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गिकरण भएको हुनुपर्ने भएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK