×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकको आग्रह- ‘ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा उपयोग गर्नू’

PRIME CA

नेपाल राष्ट्र बैंकको आग्रह- ‘ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा उपयोग गर्नू’

९ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा लिन आग्रह गरेको छ । मंगलबार वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन सुझाएको हो ।

पछिल्लो समय बैंकको चर्को ब्याजदरको विरोध गर्दै व्यवसायी तथा स्थानीय आन्दोलिन हुन थालेपछि राष्ट्र बैंकले ऋण लिनुपूर्व ब्याजका सर्तहरु बुझ्न आवश्यक हुने बताएको छ । ब्याजदरको बारेमा नबुझी कर्जा लिँदा ब्याज र आम्दानीमा तालमेल नभए कर्जा भुक्तानीमा समस्या आउने राष्ट्र बैंकले जनाएको छ ।

‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थित ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । स्थित ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकरात्मक असर पर्न दिँदैन ।’– राष्ट्र बैंकले जारी गरेको सन्दैशमा उल्लेख गरिएको छ । यस्तो छ सन्देशः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: