×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाखा नाघेको ३० दिनभित्र साँवा र ब्याज तिरे जरिवाना नलाग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भाखा नाघेको ३० दिनभित्र साँवा र ब्याज तिरे जरिवाना नलाग्ने

१२ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ऋणको भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवा र ब्याज तिरे जरिवना नलाग्ने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन २०७९ को संशोधन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

योसँगै अब बैंक तथा वित्तीय संस्थबाट ऋण लिएका ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज भाखा नाघेको ३० दिनभित्र तिरे जरिवाना नलाग्ने भएको छ ।

तर, कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँ÷ब्याज नतिरेमा बैंक तथा वित्तीय संस्थाले पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज भने लिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेका साँवा र ब्याजमा मात्रै लागू हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी