Skip to content
LAXMI SUNRISE BANK

आकस्मिक बिदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

अर्थ सरोकार

काठमाडौं । आकस्मिक बिदाको दिन बैंक खोल्न नेपाल राष्ट्र बैैंकले निर्देशन दिएको छ । शुक्रबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन २०७९को संशोधन जारी गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट दिईने आकस्मिक बिदाको दिन सेवा बन्द नगर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । योसँगै सरकारले घोषणा गरेको आकस्मिक बिदाको दिन पनि इजाजतप्राप्त बैंकहरुमा नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस लगायत अत्यावश्यक सेवाहरु सञ्चालन रहनेछन् ।

‘नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो ११ः३० बजे सम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।’ – निर्देशिकामा भनिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK