काठमाडौं । पोखरा विश्वविद्यालयको १८औँ विशेष सभा एवम् दिक्षान्त समारोह सम्पन्न भएको छ । कास्कीको लेखनाथमा एक विशेष कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले समारोह सम्पन्न गरेको हो । समारोहमा विश्वविद्यालयले उत्कृष्ट नतिजा हासिल गर्नेहरुलाई पुरस्कारसमेत वितरण गरेको छ ।
पोखरा विश्वविद्यालयको दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनशक्तिको विदेश पलायन रोक्न सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताएका छन् । ‘विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न चुनौतीका चाङ्ग भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु’, उनले भने, ‘विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईहरूको काँधमा पनि छ ।’
प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताए । त्यस्तै, उनले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने समेत बताएका छन् ।
शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने आफूले विश्वास लिएको प्रधानमन्त्री दाहालको भनाई रहेको छ । फोटो फिचरमा हेर्नुहोस् दिक्षान्त समारोहका खास झलकहरुः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्