×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रेमप्रसाद आत्मदाह प्रकरणः विवादमा तानिएका विद्यालय र उपेन्द्र महतोसँग पनि प्रहरीले बयान लियो

काठमाडौं । प्रेमप्रसाद आत्मदाह प्रकरणमा प्रहरीले उपेन्द्र महतोसँग पनि बयान लिएको छ । काठमाडौंको बानेश्वरस्थित संसदभवनअघि आफ्नै शरिरमा आगो लगाएर आत्महत्या गरेका इलामका प्रेमप्रसाद आचार्य प्रकरणमा प्रहरीले महतोसँग बयान लिएको हो ।

मर्नुअघि प्रेमले ‘आत्मदाह’ गर्नुको कारण उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको ‘स्टाटस’का आधारमा प्रहरीले महतोसँग बयान लिएको हो । प्रेमले सो ‘स्टाटस’मा आफु मर्नुको कारण र बाध्य बनाउनेहरुको नामसहितको विवरण सार्वजनिक गरेका थिए ।

सोही क्रममा प्रहरीले हाल सम्बन्धित व्यक्ति तथा संस्थाहरुको बयान लिने काम जारी राखेको छ । यसैबीच सो स्टाटस र प्रेमको परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले काठमाडौंमा कलेजहरुसँग पनि बयान लिएको छ । यसअघि प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसँग पनि बयान लिईसकेको छ ।

अनुसन्धान र बयान लिने काम सकिएपछि प्रहरीले आफ्नो अनुसन्धान सरकारी वकिलको कार्यालयमा पेश गर्नेछ । अनुसन्धान गर्दै जाँदा कतिपय व्यक्ति पक्राउ गर्नुपर्ने वा नपर्ने खुल्दै जाने प्रहरीले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: