×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्रपा सरकारबाट बाहिरियो, मन्त्रीहरुले दिए राजिनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राप्रपा सरकारबाट बाहिरियो, मन्त्रीहरुले दिए राजिनामा

Artha Sarokar

१३ फाल्गुन २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । शनिबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएको औपचारिक जानकारी दिएका हुन् ।

शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यद्यपी राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

राप्रपाबाट मन्त्रिपरिषदमा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका थिए । त्यस्तै नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी